नेपाल प्रेस युनियन गण्डकी प्रदेशको मंगलबार भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
समितिको महिला उपाध्यक्ष संगीता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिवत्रयमा नारायण रिजाल, अन्जना तिमिल्सिना र मोहसिन अलि मिया र कोषाध्यक्षमा सन्देश पौडेल छन् ।
यस्तै सदस्यमा शंकरराज नहर्की, गीता लामीछाने, सुभाष पौडेल , ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, प्रेमचन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी छन् ।




