ढुंगेसाँघु सीतापाइलामा नयाँ नेतृत्व

ढुंगेसाँघु सीतापाइला आमा समूहको बिहीबार भएको नवौं साधारणसभा तथा चौथों अधिवेशनले सीता काफ्ले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

समितिको उपाध्यक्षमा जूना मल्ल, सचिव लक्ष्मी शर्मा भण्डारी, कोषाध्यक्ष मनमाया कुँवर र सहसचिवमा ईन्द्रमाया रानामगर छन् । कार्यसमिति सदस्यमा मनमाया गुरुङ, ईन्द्रशोभा घले, भीमकुमारी विक, तोककुमारी राना, देवी राना, सूर्यकला गुरुङ, खरिका भण्डारी, धनकुमारी गुरुङ, सन्तुमाया श्रेष्ठ र माया राना छन् ।

कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष रधिका शाही योगीले महिलाको हकहितका लागि कुनै नमूना काम गर्न आग्रह गरिन् । उनले भनिन्, ‘टोलमा कुनै उद्योग स्थापना गरेर आयआर्जनमा लाग्नुस् । महिलालाई आत्मनिर्भर बनाउने अभियानको अगुवाइ गर्नुहोस् ।’ वडाको समग्र विकासका लागि योजनावद्ध रुपमा लागेको योगीले बताइन् ।

संस्थाका अध्यक्ष जूना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शिवराम भण्डारी, पूर्व सल्लाहकार नेत्रलाल भण्डारी, सिद्धेश्वर हहिहर मन्दिर अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी प्रेम थापा, जागरण आमा समूहका अध्यक्ष शोभा भण्डारी, जनकल्याण टोल विकास संस्थाका अध्यक्ष इन्दिरा भण्डारी लगायतले बोलेका थिए ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले धार्मिक, सामाजिक काममा सक्रिय आमा समूहको शाख उचो बनाउने गरी काम गर्ने प्रण गरिन् । निम्न स्तरका स्थानीयलाई सहुलियतमा, साह्रै विपन्नलाई निशुल्क रुपमा सामाजिक कामका लागि भवन उपलब्ध गराउने, पानी टंकी बनाउने लगायतका योजना उनले सुनाइन् ।