पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा पर्वतीय क्षेत्रसम्बन्धी विभिन्न कार्यक्रम तय भएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय संग्रहालयमा मंसिर २४ र २५ गते हुने महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखी विविध कार्यक्रम तय भएका हुन् ।
महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर रुपमा कसरी बनाउन सकिन्छ जस्ता विषयमा छलफल हुनेछ । पर्वतीय संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुुसार पर्वतीय क्षेत्रमा उत्पादन हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राखिनेछ । हिमाली क्षेत्रमा खेलिने खेल छेलो र आर्चरी खेल महोत्सवमा समेटिएको छ ।
२ दिन हुने महोत्सव २४ गते उपराष्ट्रपति नन्द किशोर पुन र नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुुरु शेर्पाको उपस्थितिमा सुरु हुनेछ । महोत्सवको पहिलो दिन सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शनको विषयमा छलफल हुने कार्यक्रम तालिका छ । महोत्सव अवधिभर हिमाली क्षेत्रमा वस्तुु उत्पादित वस्तुको प्रवद्र्धन हुने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय संग्रहालय रहेको रातोपहिरोमा दिउँसो हुने अन्तरक्रिया सकिएलगत्तै पोखरामा दोब्बर पर्यटकलाई कसरी भित्रयाउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको यस वर्षको नारा वुुमन मुुभ माउन्टेन छ ।
महोत्सवको दोस्रो दिन वुुमन मुुभ माउन्टेन शीर्षकमा छलफल कार्यक्रम गरिँदै छ । महोत्सवमा दुुबै दिन साहसिक खेललाई समावेश गर्दैै जिपलाइन पनि राखिएको छ । नेपाल पर्वतारोहण संघले डिसेम्बर ११ मा हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सहकार्यमा यो महोत्सव आयोजन गर्दै आएको छ । महोत्सवमा जान शुल्क लाग्दैन ।






