समाचार

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

पोखरा, ३० असोज/ नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडान गर्न प्रतिबन्ध लगाएको छ । आइतबार पोखरामा प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडान गर्ने रोक लगाएको हो । प्राधिकरणले अर्को ब्यावस्था नभए सम्म प्याराग्लाइडिङका सबै खाले उडान रोकिने जनाएको छ । पुरा पढौ

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक/ एक स्वर्ण

पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतबार भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक/एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् । त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी… पुरा पढौ

खोखोमा लुम्बिनी हाबी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो । चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय… पुरा पढौ

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिटको तयारी पूरा

गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल र सम्भावनाको खोजी हुँदै छ । पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको… पुरा पढौ

खेलाडीको मृत्युपछि नवौं खेलकुदमा प्याराग्लाइडिङ प्रतियोगिता स्थगित

प्याराग्लाइडिङ खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ प्रतियोगिता स्थगित भएको छ । प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले बताए ।क्रस कन्ट्री प्याराग्लाईडिङ खेलमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ सारङकोटमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो । पुरा पढौ

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो । यसअघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्नेबारे छलफल हुँदैछ। शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका थिए। औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा… पुरा पढौ

‘संघीयता मजबुत बनाउन गठबन्धनलाई मत’

पोखरा, २९ असोजकास्की २ का गठबन्धनका उम्मेदवारको परिचय कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचय कार्यक्रम भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं… पुरा पढौ

प्रकटलाई गीतकार सम्मान

पोखरा, २९ असोजगीतकार प्रकट पगेनी ‘शिव’ गीतकार सम्मान २०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभामा पगेनीलाई सम्मान गरिएको हो । नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र रहेको उक्त सम्मान नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाले संयुक्त रूपमा पगेनीलाई प्रदान गरे ।… पुरा पढौ

साईक्लिङ डाउनहिलमा आर्मीकी निष्मा र आर्मीकै राजेशलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन । पोखराको रानीबनमा आयोजित साईक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन् । उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । यसैगरी पुरुष तर्फको डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले… पुरा पढौ

पद्यश्री सहकारीको १५ औं साधारणसभा

पद्यश्री बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा शुक्रबार भएको छ । कार्यक्रममा पोखरा महानगर सहकारी विभाग प्रमुख भरतराज पौडेलले सहकारीबाट लिएको ऋण उत्पादनशील काममा लगाउन आग्रह गरे । उनले भने, ‘घर, व्यवहार सञ्चालनमा होइन, उत्पादन का लागि ऋण लिनुस् ।’ महानगरले सहकारीहरुलाई अभिभावकत्व प्रदान गरिरहेको जनाउँदै उनले कर छली गरे सहकारीलाई होइन, सञ्चालक समितिलाई कारबाही हुने जनाए । उनले भने, ‘कर छली नगर्नुस् बरु सहुलियत माग्नुस् ।’ सहकारीका संरक्षक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं