समाचार

गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

पोखरा, २४ असोज/ गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् । मन्त्री थापाले गण्डकीको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग… पुरा पढौ

एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँगको तालमेलबाट रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जसपाले पाएको सबै क्षेत्रमा पनि शाहको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् । ‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो… पुरा पढौ

श्रीनाथ कास्की २ मा गठबन्धनका साझा उम्मेदवार

नेकपा एकीकृत समाजवादी (एस)ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट पाएको नेकपा एसले उम्मेदवारहरू छानेको हो । कास्की क्षेत्र नं. २ मा श्रीनाथ बराल उठ्ने भएका छन् । गण्डकीमा नेकपा एसले १ मात्र संघीय निर्वाचन क्षेत्र पाएको छ । नेकपा एसले प्रदेशमा नवलपुर र स्याङ्जामा १, १ गरी २ क्षेत्र पाएको छ । प्रदेशका उम्मेदवार भने टुंगिन बाँकी छ । कास्की २ का गठबन्धनका उम्मेदवार बराल… पुरा पढौ

घनश्यामको क्षेत्रमा एमालेले राप्रपालाई सघाउने

एमालेले रुपन्देही ३ मा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई टिकट नदिएर राप्रपाका नेता दीपक बोहोरालाई सघाउने भएको छ । शुक्रबार एमाले र राप्रपाबीच चुनावी तालमेलबारे भएको छलफलमा रुपन्देही ३ मा राप्रपाका बोहोरालाई सघाउने करिब सहमति भएको छ । राप्रपाले १० निर्वाचन क्षेत्र मागेको छ भने एमालेले सात क्षेत्र मात्र दिन चाहेपछि सहमति हुन सकेको छैन । तर, ८० प्रतिशतभन्दा धेरै सहमति भइसकेको वार्तामा बसेका राप्रपाका नेताहरूले बताएका छन् । भुसाल… पुरा पढौ

भीम रावलले पाएनन् टिकट

एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए। सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम १ बाट बोहोरा र अछाम २ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको छ । रावल २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका थिए । पुरा पढौ

मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पुरा पढौ

पोलिटिकल साइन्स सोसाइटी नेपाल तनहॅु शाखा गठन

आइतबार पोलिटिकल साईन्स सोसाइटी नेपालको तनहॅु शाखा गठन भएको छ । भिमाद ९ को पाथर्दी सामुदायिक होमस्टेमा भएको कार्यक्रमबाट हरिप्रसाद बाग्लेको अध्यक्षतामा १५ सदस्यीय तनहॅु शाखा तदर्थ समिति गठन भएको हो । पोलिटिकल साइन्स सोसाइटी नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको तनहॅु जिल्ला शाखाको प्रथम अधिवेशन तथा बिस्तारित बैठकको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा “ राजनैतिक संस्कृतिको क्षयीकरणः लोकतन्त्रको चुनौति” बिषयमा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र बिभागका सहप्राध्यापक भिमनाथ बरालले परिसंबाद प्रस्तुत गरे… पुरा पढौ

युनाइटेड क्लबमा सल्लाहकार र उपसमिति चयन

युनाइटेड क्लबको नयाँ कार्यसमितिको पहिलो बैठकले क्लबको सल्लाहकारसहित विभिन्न उपसमिति गठन गरेको छ । १३ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा निर्माण भएको नयाँ कार्यसमितिको पहिलो बैठकले सल्लाहकार र विभिन्न उपसमिति गठन गरेको हो । बैठकले क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सुशीलराज पराजुली, क्याप्टेन फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, लीलाधर अधिकारी, रमेशबहादुर कार्की, गोविन्द घिमिरे र श्यामकृष्ण श्रेष्ठलाई सल्लाहकार चयन… पुरा पढौ

पोखरा महानगरपालिकाको शुभकामना आदानप्रदान

पोखरा, १४ असोज ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार… पुरा पढौ

मन्त्री थापाद्वारा ५ वर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक

पोखरा, १३ असोज । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेका थिए । सोहि बमोजिम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं