बागलुङमा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, चित्रबहादुरलाई सहज

बागुलङ १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् ।

यहाँको उम्मेदवारी राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यहाँ उम्मेदवार छन् ।

यहाँ प्रदेश सभाका दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् ।