समाचार

कुष्ठरोग आश्रमलाई मिना गुरुङको साथ

निवर्तमान सांसद एवं समाजसेवी मिना गुरुङले कुष्ठरोग आरोग्य आश्रमलाई सहयोग गरेकी छन् । १२ असोजमा पर्ने आफ्नो जन्मदिनको सन्दर्भमा उनले बिहीबार आश्रममै पुगेर १५ हजारबराबरको खाद्यान्न प्रदान गरेकी हुन् । आश्रमका कार्यालय प्रमुख टेकमान प्रधानांग र अध्यक्ष सुवास तज्जियालाई उनले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । गुरुङले नेपाल पत्रकार महासंघमा स्थापना गरेको अक्षयकोषबाट बर्सेनी उनको जन्मदिनको सन्दर्भमा मिना सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको छ । समाजका वास्तविक पीडित र तल्लो… पुरा पढौ

भोकमरी रोक्न उत्पादन बढाऔंः अर्थमन्त्री

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नेपालमा भोकमरी आउन नदिन समयमै उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । पोखरा २२ मा रहेको सक्रिय महिला विकास बचत तथा ऋण सहकारीको बुधबार भएको २२ औं साधारण सभामा उनले नेपालमा भोकमरी समस्या आउन सक्ने भएकाले समयमै उत्पादन बढाउनेतर्फ योजनावद्ध प्रयास गर्नुपर्ने बताए । भारतले कुनै पनि समयमा नाकाबन्दी गरेमा नेपालमा केही महिनामै भोकमरी समस्या उत्पन्न हुने हँुदा हरेक गाँउमा कृषि उत्पादन गर्नुपर्ने उनको भनाइ छ… पुरा पढौ

विश्व रेबिज दिवसमा खानीखोलामा सचेतना

एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ शान्तिदीप एकेडेमी खानीखोला तथा भुवनेश्वरी मा वि पुरानो धार्केमा एक स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोह्रौ विश्व रेबिज दिवस सेप्टेम्बर २८ का अवसरमा धुनीबेशी नगरपालिका , नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेश, हेफर इन्टरनेसनल नेपाल र फोकस नेपाल, धादिङको संयूक्त आयोजनामा यो कार्यक्रम भएको हो । कार्यक्रममा जैविक प्रतिरोधक प्रतिविरोध, जुनोटिक रोग, साथै रेबिज रोगको… पुरा पढौ

पुष्पलाई पत्रकारिता पुरस्कार

पत्रकार पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको सोमबार आयोजित १३ औं वार्षिक साधारणसभामा उनलाई सहकारीका अध्यक्ष शुक्र कँडेल र गण्डकी प्रदेशका सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सम्मान गरेका हुन् । दाहाल पोखरा टेलिभिजनमा आवद्ध छन् । कार्यक्रममा मन्त्री बुढाले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सबै सहकारीले काम गर्नुपर्ने बताए । सहकारी स्थापनाको मर्म तथा अवधारणा अनुसार काम भए यो अर्थतन्त्रको बलियो… पुरा पढौ

बागलुङेबीच शुभकामना आदानप्रदान

पोखरामा बागलुङेको छाता संस्था बागलुङ समाज पोखराले सोमबार शुभकामना आदानप्रदान गरेको छ । नेपालका ठूला चाडपर्व दसैं, तिहार, छठ, नेपाल संवत लगायतको सम्मुखमा समाजले कार्यक्रम गरी सदस्यबीच शुभकामना आदानप्रदान गरेको हो । वक्ताहरुले आत्मीयता अभिवृद्धिसँगै अपनत्व बोधका लागि यस खालका कार्यक्रमको विशेष महत्व हुने बताए । कानुनी सल्लाहकार दुर्गेश पन्तले समाजलाई गतिशील बनाउन निरन्तर विभिन्न खालका सामाजिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । समाजका अध्यक्ष डिल्ली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न

बडिगाड गाउँपालिकाको आयोजना तथा सर्वसिद्धि मिडिया प्रालिको संयोजनमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७८/८९ को वार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको तर्फबाट गत आर्थिक वर्ष २०७८/७९ गाउँपालिकाबाट सम्पन्न गरेका कार्यक्रम र खर्च विवरणको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको थियो । गत आर्थिक वर्षको प्रगति समीक्षा गर्न, चालू आर्थिक वर्षको योजनाको कार्यनयनमा मार्गनिर्देशन गर्न, नागरिकका गुनासा… पुरा पढौ

जनप्रियमा शुभकामना आदनप्रदान

जनप्रिय बहुमुखी क्याम्पसले आइतबार आसन्न दसैं, तिहार, नेपाल संवत र छठ पर्वको सन्दर्भमा शुभकामना आदानप्रदान तथा चियापान आयोजना ग¥यो ।कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष वीरबहादुर अधिकारीले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने बताए । उनले आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मानी व्यवहारमा लागू गर्न आग्रह गरे । क्याम्पस प्रमुख लोेकराज भण्डारीले मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको… पुरा पढौ

पोखरामा गलकोटेबीच शुभकामना आदानप्रदान

पोखरामा अस्थायी र स्थायी रुपले बस्दै आएका बागलुङको गलकोट घर भएकाहरुबीच आइतबार शुभकामना आदानप्रदान भएको छ । नेपालीका पर्वहरु दसैं, तिहार, छठ, नेपाल संवत लगायतको अवसरमा गलकोट समाज कास्कीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले वडाले गलकोट समाजको भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे । १४ नं वडामा समाजको भवन निर्माण भइरहेको छ । १४ नम्बर वडामा मात्र २ सय ५० घर गलकोटे छन्… पुरा पढौ

पुम्दीभुम्दी सहकारीको चौथो साधारणसभा

पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पुम्दीकोटसँगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थल प्रबद्र्धन हुने बताए । उनले कृषि उत्पादनको हिसाबले उर्बर पुम्दीभुम्दीमा जमिन बाँझो नराख्न आग्रह गरे । उनले सहकारीहरुलाई वस्तु उत्पादन गर्नेतर्फ केन्द्रित हुन सुझाव दिए । मन्त्री बरालले पुम्दीकोटसँगै, निगालेडाँडा, थाप्लेडाँडा, पञ्चासे लगायतका क्षेत्रमा पर्यटक जाँदा उनीहरुलाई बेच्ने स्थानीय उत्पादन… पुरा पढौ

युनाइटेड क्लबमा फेरि राजुकै नेतृत्व

पोखरा, ८ असोजयुनाइटेड क्लबको अध्यक्षमा फेरि राजु श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनले फेरि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सचिव पूर्णकला पोख्रेल र सहकोषाध्यक्षमा सीमा गुरुङ चुनिएका छन् । सन्तोष कार्की, विष्णुकुमार गुरुङ, जयराम आचार्य, पूर्णकुमार श्रेष्ठ, दिवानी सुवेदी, चन्द्रकुमारी पराजुली, शिव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं