युनाइटेड क्लबमा सल्लाहकार र उपसमिति चयन

युनाइटेड क्लबको नयाँ कार्यसमितिको पहिलो बैठकले क्लबको सल्लाहकारसहित विभिन्न उपसमिति गठन गरेको छ । १३ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा निर्माण भएको नयाँ कार्यसमितिको पहिलो बैठकले सल्लाहकार र विभिन्न उपसमिति गठन गरेको हो ।

बैठकले क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सुशीलराज पराजुली, क्याप्टेन फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, लीलाधर अधिकारी, रमेशबहादुर कार्की, गोविन्द घिमिरे र श्यामकृष्ण श्रेष्ठलाई सल्लाहकार चयन गरेको हो ।

पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, सेतीनदी संरक्षण उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, विपद व्यवस्थापन उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, शिक्षा उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना छन् । संघ, संस्था समन्वय उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष शान्तबहादुर थापा, खेलकुद उपसमिति संयोजकमा कार्यसमिति सदस्य सन्तोष कार्की, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य जयराम आचार्य, युवा उपसमिति संयोजकमा कार्यसमिति सदस्य पूर्णकुमार श्रेष्ठ र महिला उपसमिति संयोजकमा कार्यसमिति सदस्य दिवानी सुवेदीलाई चयन गरेको छ ।

क्लबले दसैंको अवसरमा पोखराको अमरसिंह माविको खेल मैदानमा परम्परागत पिंङ राख्ने भएको छ । दीपावलीको अवसरमा विपद व्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्न क्लबका सदस्य शिव थापाको संयोजकत्वमा समिति बनेको छ ।