एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जसपासँगको तालमेलबाट रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जसपाले पाएको सबै क्षेत्रमा पनि शाहको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।
नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् ।
‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो’, साहले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेँ ।’




