एमालेले रुपन्देही ३ मा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई टिकट नदिएर राप्रपाका नेता दीपक बोहोरालाई सघाउने भएको छ ।
शुक्रबार एमाले र राप्रपाबीच चुनावी तालमेलबारे भएको छलफलमा रुपन्देही ३ मा राप्रपाका बोहोरालाई सघाउने करिब सहमति भएको छ ।
राप्रपाले १० निर्वाचन क्षेत्र मागेको छ भने एमालेले सात क्षेत्र मात्र दिन चाहेपछि सहमति हुन सकेको छैन । तर, ८० प्रतिशतभन्दा धेरै सहमति भइसकेको वार्तामा बसेका राप्रपाका नेताहरूले बताएका छन् ।
भुसाल २०७४ को निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । एमालेभित्र भुसाल अध्यक्ष केपी ओलीका आलोचक मानिन्छन् ।






