समाचार

पोखरामा गलकोटेबीच शुभकामना आदानप्रदान

पोखरामा अस्थायी र स्थायी रुपले बस्दै आएका बागलुङको गलकोट घर भएकाहरुबीच आइतबार शुभकामना आदानप्रदान भएको छ । नेपालीका पर्वहरु दसैं, तिहार, छठ, नेपाल संवत लगायतको अवसरमा गलकोट समाज कास्कीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले वडाले गलकोट समाजको भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे । १४ नं वडामा समाजको भवन निर्माण भइरहेको छ । १४ नम्बर वडामा मात्र २ सय ५० घर गलकोटे छन्… पुरा पढौ

पुम्दीभुम्दी सहकारीको चौथो साधारणसभा

पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पुम्दीकोटसँगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थल प्रबद्र्धन हुने बताए । उनले कृषि उत्पादनको हिसाबले उर्बर पुम्दीभुम्दीमा जमिन बाँझो नराख्न आग्रह गरे । उनले सहकारीहरुलाई वस्तु उत्पादन गर्नेतर्फ केन्द्रित हुन सुझाव दिए । मन्त्री बरालले पुम्दीकोटसँगै, निगालेडाँडा, थाप्लेडाँडा, पञ्चासे लगायतका क्षेत्रमा पर्यटक जाँदा उनीहरुलाई बेच्ने स्थानीय उत्पादन… पुरा पढौ

युनाइटेड क्लबमा फेरि राजुकै नेतृत्व

पोखरा, ८ असोजयुनाइटेड क्लबको अध्यक्षमा फेरि राजु श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनले फेरि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सचिव पूर्णकला पोख्रेल र सहकोषाध्यक्षमा सीमा गुरुङ चुनिएका छन् । सन्तोष कार्की, विष्णुकुमार गुरुङ, जयराम आचार्य, पूर्णकुमार श्रेष्ठ, दिवानी सुवेदी, चन्द्रकुमारी पराजुली, शिव… पुरा पढौ

सम्पदामा शुभकामना आदानप्रदान

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा उपस्थितबीच दसैं, तिहार, छठ, नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । उनले भने, ‘नागरिकता ऐन राम्रो÷नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन ।’ समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी… पुरा पढौ

बाबुराम र म पुरक हौं, फुटले धोका भयो: प्रचण्ड

काठमाडौँ, ८ असोजनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् । नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरू मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, “भट्टराई र मैले नै जनयुद्धमा… पुरा पढौ

बागलुङका बाटाः बर्खामा बन्द, हिउँदमा खुला

गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण… पुरा पढौ

माधव वियोगीलाई राधालक्ष्मी पुरस्कार

हेमजा साहित्य प्रतिष्ठान नेपालले माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरेको छ । २ सय २९ औं शुभप्रभात काव्यमालाका साथ नेपालीका महान पर्वहरु दसैं, तिहार, छठ तथा ११४३ औं नेपाल संवतको शुभकामना आदानप्रदान समारोहमा वियोगीलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले पुरस्कार ठूलो सानो नहुने उल्लेख गर्दै यसले सर्जकलाई थप क्रियाशील हुन सघाउने जनाए । उनले राम्रा कुराको अनुकरण गर्नु नै व्यक्तिको सम्मान भएको… पुरा पढौ

टुँडिखेलबाट सुरु हुन लाग्यो दसैंको रौनक

पोखरामा दसैं मेलाको चर्चा हुँदा टुँडिखेलको मेला हम्मेसी छुट्दैन । च्यांग्रादेखि घरेलु सामग्री, लत्ताकपडा, खाद्यान्न किन्न स्वतःस्फूत हजारौं मान्छे टुँडिखेल पुग्थे । पछिल्ला केही वर्षदेखि यो मेलाको रौनक हराउन थालेको छ । सामान किन्न मलहरु खुले, च्यांग्राहरु हेमजा फेदीदेखि टुँडिखेलसम्म सडककै छेउछाउ राख्न थालिए । टुँडिखेल मैदानको स्वामित्व रहेको राष्ट्रिय माविले मेला आयोजना गरी ऐतिहासिकता जोगाउने प्रयत्न गरेको छ । यसअघि त्यहाँ मैदान टेन्डर दिएर मेला व्यवस्थापन हुने गरेको थियो… पुरा पढौ

इच्छाकामनामा बिश्व रेविज दिवस

एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ त्रिबेणी बराह माबि मुग्लिनमा स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम भएको छ । विश्व रेबिज दिवस २०२२ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन इच्छाकामना गाउँपालिका पशु सेवा शाखा, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेस, हेफर इन्टरनेसनल नेपाल र दियालो परिवार नारायणघाटको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका डा राजेन्द्र ढकालले एक स्वास्थ्य अबधारणाबारे प्रकाश पारे ।… पुरा पढौ

२० अर्ब खर्चेर बेगनासको पानीबाट बिजुली निकालिँदै

नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको रु २० अर्ब खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं