भीम रावलले पाएनन् टिकट

एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।

सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्।

अछाम १ बाट बोहोरा र अछाम २ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको छ । रावल २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका थिए ।