महादेवले फिर्ता लिएनन् उम्मेदवारी, श्रीनाथलाई सकस

कास्की २ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले उम्मेदवारी फिर्ता लिएनन् ।

उनर्ले , सिद्धान्त र निष्ठाको पक्षमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी कायम राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई उनले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको जनाउँदै फिर्ता नभएको सुनाए । कांग्रेस कास्कीका पूर्व सभापतिसमेत रहेका गुरुङ २०५६ मा पर्यटन राज्य मन्त्री बनेका थिए । उनको नाम समानुपातिकमा सिफारिस भए पनि पछि काटिएको थियो ।

सत्ता गठबन्धनको भागबण्डामा कास्की २ बाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल चुनावी मैदानमा छन् । यहाँ एमालेबाट विद्या भट्टराई उम्मेदवार छिन् ।