हिमालयन बुद्ध फाउन्डेसन कास्कीको छैटौं अधिवेशन एवं साधारणसभाले कुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।
शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद अधिकारी, सचिव प्रदीप गुरुङ र कोषाध्यक्षमा विश्व गुरुङ निर्वाचित भए । फाउन्डेसनका सदस्यमा नारायण गुरुङ, मोतीप्रसाद गुरुङ, चन्द्रशोभा गुरुङ, बलराम शर्मा, धनमाया गुरुङ, अमर गुरुङ र दुर्गाकुमारी गुरुङ छन् । नयाँ कार्यसमितिले गौमान गुरुङलाई आमन्त्रित सदस्य मनोनित गरेको छ ।
हिमालयन बुद्ध फाउन्डेसन २०६२ मा स्थापना भएको हो । यसले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र स्वास्थ्य क्षेत्रमा सघाउँदै आएको छ । नवनिर्वाचित अध्यक्ष कुमार गुरुङले सामुदायिक स्कुलहरु शैक्षिक सामग्री प्रदान, विद्यार्थीका लागि आँखा शिविर आयोजना गर्दै आएको बताए ।
उनले भने, ‘हामीसँग भएको मोबाइल पुस्तकालय, जहाँ २४ हजार पुस्तक छन् । त्यो पुस्तकालयको सेवा विद्यार्थीलाई दिँदै आएका छौं । सामुदायिक स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान र स्वास्थ्य सेवा दिन नयाँ कार्यसमिति प्रतिवद्ध छ ।’




