बोराभित्र भेटियो महिलाको शव

तनहुँको व्यास ४ मंगलबार शव फेला परेको छ । त्यहाँको चिहानडाँडा नजिक बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको जवनाए । उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।”

व्यास ४ का वडासदस्य सरोज भण्डारीले महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा रहेको जनाए ।