समाचार

मधुमेह र युरिक एसिड सित्तैमा जाँच

पोखरा, १८ वैशाखधेरै नसर्ने रोगका मुहान मानिएका मधुमेह र युरिक एसिडको समस्या नेपालीमा बढिरहेको छ । सँगसँगै अरु नसर्ने रोगबाट पीडितको ग्राफ पनि उकालिँदै छ । मधुमेह र युरिक एसिड सित्तैमा रगतबाट जाँचसहित पूर्वसावधानी र उपचारबारे उपायबारे सोमबार प्रकाश पारिएको छ । आयोजक अधिकृत बिक्रेता संघ कास्कीले पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालिको प्राविधिक सहयोगमा मधुमेह तथा युरिक एसिडसम्बन्धी निशुल्क रक्त जाँच एवं सचेतना कार्यक्रम आयोजना गरेको हो… पुरा पढौ

‘मजदूर कवि’ले मन जिते

विश्व मजदूर दिवसको अवसरमा सोमबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजूदर कवि’ इन्द्र राना ‘प्रतीक’ले प्रभावशाली कविता सुनाएर सबैको मन जितेका छन् । मण्डला थिएटरमा खचाखच दर्शकबीच उनको पहिलो कविता कृति ‘भुइँमान्छेका कविता’ लोकार्पण, सम्मान र एकल वाचन भएको हो । प्रतीकले दर्शकलाई १० कविता सुनाए । साहित्यकार माया ठकुरी,संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले संयुक्त रुपमा लोकार्पण गरेको… पुरा पढौ

वंशावली बनाउन देशैभरका पहारीहरु पोखरामा

देशै भरका पहारीहरु पोखरामा जम्मा भएका छन् । पहारी कुल संरक्षण समिति कास्की पोखराले आइतबार आयोजना गरेको वंशाबली तयारीसम्बन्धी कार्यक्रममा सहभागी हुन उनीहरु पोखरामा भेला भएका हुन् । ्पहारीको वंश पानी पोखरेलसँग जोडिन गएको बारेमा वंशावलीमा उल्लेख भएकाले पहारी र पोखरेलका बारे बुझाउन कार्यक्रम आयोजना गरिएको हो । अध्ययनका क्रममा पहारीहरुको उद्गम थलो दैलेख जिल्लाको दुल्लु भएको बताइन्छ । अहिले पोखराको लेकसाइड पहारीहरुको मुख्य बसोबास स्थल हो । कार्यक्रममा भाषा… पुरा पढौ

साहित्य सन्ध्यालाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत १ लाख राशिको सो पुरस्कार हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेती र प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले सो पुरस्कार हस्तान्तरण गरेका हुन् । गत वैशाखको पहिलो साता बसेको प्रतिष्ठानको बैठकले यस वर्ष सो पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको थियो ।… पुरा पढौ

बैरागी काइँलालाई पुरस्कार

नेपाली लेखक संघलेसाहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । पुरस्कार राशि १ लाख छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए । ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो’, उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने… पुरा पढौ

फुर्सेखोलामा डुबेका किशोरको मृत्यु

शनिबार पोखरा १७ को पावरहाउसमा फुर्सेखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । दिउँसो साढे ३ बजेतिर पौडी खेल्ने क्रममा डुबेका रोनिष गुरुङलाई साँझ पौने ५ बजेतिर उद्धार गरी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । पोखरा १५ नयाँ गाउँका १५ वर्षीय रोनिषलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल लगेको थियो । फुर्सेखोलाका विभिन्न ठाउँमा डुबेर ज्यान जाने घटना बारम्बार हुँदा पनि त्यहाँ पौडी खेल्न… पुरा पढौ

ईन्द्रलाई एकैसाथ ३ खुसी

यसपालिको मे १ अर्थात विश्व मजदूर दिवस कवि ईन्द्र राना ‘प्रतीक’का लागि विशेष बन्दै छ । सोमबार पोखराका मजदुर कवि प्रतीक काठमाडौंमा एकल कवितावाचन गर्दै छन् । थापागाउँको मण्डला थिएटरमा कन्सेप्ट नेपालले आयोजना गर्ने ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा सुनाउँन प्रतीकले रोज्जाक कविता छानिसकेका छन् । त्यसका लागि उनी आइतबार काठमाडौं प्रस्थान गर्दै छन् । कार्यक्रममा उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्ण गरिनेछ । समारोहमा ५१ हजार रुपैयाँ नगदसहित उनलाई… पुरा पढौ

शुभांशु लिएर आइन् शुभ शर्मा

आख्यानकार शुभ शर्माको पहिलो कृति लघुकथा सञ्चयन शुभांशु बजारमा आएको छ । बुुधबार काठमाडौंमा हाम्रो लघुकथा केन्द्रले आयोजना गरेको समारोहमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यककार ध्रुव मधिकर्मी, प्राडा कपिल लामिछाने, लघुकथा केन्द्रका अध्यक्ष लता केसी, उपाध्यक्ष डा शेखरकुमार श्रेष्ठ, कृतिकारका बुवा झगलाल गैरे, नन्दकला बराल र कृतिकार शुभले सामूहिक रूपमा कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले शुभ शर्माका कथाले नेपाली… पुरा पढौ

पोखरा महानगरको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

शैक्षिक क्षेत्रमा भईरहेको कालोबजारी नियन्त्रणमा सम्बन्धित सरोकारवाला निकाएले चासो नदिएको र सम्पुर्ण बिधालयको सुधार एबम दीर्घकालीन योजना नबनाई रहेको अवस्थामा थप दबाब सृजना गर्न भन्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरको शिक्षा शाखाको प्रमुखको कार्यकक्षका ताला बन्दी गरेको छ । २३ गते पोखरा महानगर को शिक्षा समिती र शिक्षा परिषदको संयुक्त बैठकले सम्पुर्ण विद्यालयलाई विभिन्न निर्देशन दिएको थियो । निर्देशन दिएता पनि उक्त निर्देशन अनुसार काम कारबाही नभएको र पटक… पुरा पढौ

बुद्धिजीवी परिषद् गण्डकी अध्यक्षमा चन्द्रबहादुर

नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्राडा चन्द्रबहादुर थापाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । परिषद्को उपाध्यक्षमा भोजराज दाहाल, सचिव बाबुराम केसी, उपसचिव ध्रुवराज सिग्देल र हेमलाल पौडेल र कोषाध्यक्ष गोरखबहादुर जिसी चुनिएका छन् । कार्यक्रममा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले देशको विषम अवस्थामा बुद्धिजीवीले अहं भूमिका खेल्नुपर्ने बताइन् । उनले मुलुकको समसामयिक राजनीतिक अवस्थाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं