गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जन्मदिन सामाजिक काम गरी मनाउने गरेका छन् ।
७ वर्षदेखि तिमिल्सिना जन्मदिनमा आफू पढेको स्कुल धर्मस्थली आधारभूतमा आमा र दाजुसँगै जान्छन् । त्यहाँ पढ्ने विद्यार्थीलाई स्टेसनरी र बाल्यकालमा अध्यापन गरेका गुरुहरुको आशीर्वाद लिने गरेका छन् ।
बिहीबार पनि उनले त्यसै गरे । उनले धर्मस्थलीमा अध्ययन गरिरहेका ३० विद्यार्थीलाई शैक्षिक सामा्री हस्तान्तरण गरेका छन् ।
कार्यक्रमको अध्यक्षता विद्यालयकी निमित प्रध्यानाध्यापक निर्मला पोखरेलले गरेकी थिइन् । शिक्षक हरीशचन्द्र अधिकारीले यस्ता सहयोगले विद्यार्थीमा ऊर्जा भरिने बताए ।
४९ पिन्ट रगत संकलन
लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको आयोजनामा क्लबका पूर्वअध्यक्ष तिमिल्सिनाको जन्मदिनको अवसरमा आयोजना गरिँदै आएको रक्तदान कार्यक्रमको सातौं कार्यक्रम मेडिप्लस हस्पिटल महेन्द्रपुलमा भएको छ । बिहीबार भएको कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको छ ।

त्यस अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताए । कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक एवं क्लबका पूर्व अध्यक्ष तिमिल्सिनाले रक्तदानले स्वास्थ्यमा असर नगर्ने र रक्तदान गर्दा रगत पातलो हुनुका साथै मृत रक्तकोष सफाइका साथै रक्त प्रवाहमा समेत सहयोग पुग्ने बताए ।
कार्यक्रम संयोजक डा. सरोज पोखरेलको अध्यक्षतामा भएको थियो ।






