समाचार

मुग्लिन–पोखरा बाटोः प्रगति सुस्त, कहिलेसम्म होला सास्ती ?

पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा ६ दशमलव ०५ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा ६ दशमलव ०५ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने निकै सुस्त छ । मुग्लिन–पोखरा सडक योजना… पुरा पढौ

बसाइसराई रोक्ने उपायः बाँदरलाई बगैचा

बलेवा, २५ वैशाखजैमिनी नगरपालिका ८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदर संकलन गरी फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालिएको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको… पुरा पढौ

पोखरामा बिजुलीका तार भूमिगत गर्न थालियो

गण्डकी, २५ वैशाखपोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका–१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताए । “इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”, उनले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताउनुभयो । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ । चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको… पुरा पढौ

स्थानीय तहले बनाउन थाले आफ्नै प्रहरी

रोल्पा, २५ वैशाख रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन्… पुरा पढौ

रास्वपा सांसदमा विन्दवासिनी कि ढाका ?

रास्वपाले सोमबार विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाएको हो । निर्वाचन आयोगले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकार सांसद हुने निर्णय अघिल्लो साता नै गरेको हो । उनले आयोगबाट सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ । यता, सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको… पुरा पढौ

२८ गतेबाट पोखरामा नेपाली नाटक सेमिनार

नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्न लागेको छ । नेपाली कला, कौशल, संगीत, नेपाली नाटक, रंगमञ्च, समग्र संस्कृति र नेपाली साहित्यको श्रीवृद्धि गर्ने लक्ष्यका साथ प्रतिष्ठान स्थापना भएको हो । पोखरा प्रज्ञा प्रतिष्ठानको मुख्य सहयोग र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा वैशाख २८, २९ र ३० गते सेमिनार आयोजना गरिएको नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । उनले नाटक लेख्ने तथा निर्देशन गर्ने र… पुरा पढौ

राम थापालाई आर्थिक पत्रकारिता पुरस्कार

बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापालाई प्रदान गरिएको छ । शनिबार आयोजित सङ्घको ५९औँ वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकार थापालाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरे । पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ । पत्रकारितामार्फत वाणिज्य क्षेत्रमा योगदान पु¥याएवापत पत्रकार थापालाई सम्मानित गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।आर्थिक विषयमा कलम… पुरा पढौ

कर्णको नेतृत्वमा लोकतन्त्रिक तमु संघ

लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले कर्ण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष गुरुङ माछापुच्छे« गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ (कास्की), उपाध्यक्ष टेकबहादुर गुरुङ (कास्की), मुख्य सचिव अर्जुन गुरुङ (लमजुङ), सचिव विष्णुमाया गुरुङ (स्याङ्जा), सहसचिव पूजन गुरुङ ( तनहुँ) र कोषाध्यक्ष नेमबहादुर गुरुङ (स्याङ्जा) चुनिएका छन् । प्रदेश समिति सदस्यमा कास्कीका मिठु गुरुङ, सिमा गुरुङ, गंगादेवी गुरुङ, जगतबहादुर गुरुङ, दर्शन घले… पुरा पढौ

दर्ता नभएका पसलमा ताला

पटक पटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं