समाचार

परिश्रमीलाई पुरस्कार, अक्षयकोषमा झलकपाणिको १ लाख

साहित्यकार नारायण परिश्रमीलाई यस वर्षको गण्डकी वाङ्मय पुरस्कारबाट सम्मान गरिएको छ । गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट लगायतले परिश्रमीलाई नगद २० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् । ३ दशकभन्दा बढी समयदेखि साहित्य साधना गर्दै आएका उनको जन्म लमजुङमा २०१० कात्तिकमा भएको हो । परिश्रमीका प्रकाशित कृतिमा तीजको कोसेली (तीजका गीत संकलन, २०५०), परिश्रमीका केही गीतहरु (२०५१), खोरिया (कविता संग्रह, २०६०), हुस्सू दलवीरे (गीतिकाव्य, २०६४), जीवनयात्रा (कविता संग्रह,… पुरा पढौ

‘लोककल्याणकारी विज्ञापन कटौती नगर्न सेन्टरको माग

प्रेस सेन्टर नेपालले सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको अनुदान कटौतीको निर्णयले स्वरोजगारमूलक सञ्चारमाध्यम र पत्रकारलाई असर पर्ने जनाउँदै सच्चाउन माग गरेको हो । कोभिड १९ विश्वव्यापी आर्थिकमन्दीजस्ता कारणले समस्यामा परेका सञ्चारमाध्यमको सबलीकरण र… पुरा पढौ

प्रेस युनियन कास्कीमा नयाँ समिति

नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत भएका छन् । संघको १० औं अधिवेशनले मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो । खुला उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्ष ज्योति हमाल, सचिव धनबहादुर गुरुङ ‘सुमन’, सहसचिव सपना अधिकारी र कोषाध्यक्ष नीराजन अधिकारी छन् । सदस्यमा अभिनन्दन वजिमय, प्रवीण थापा,अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, सविन विक र देवीका तामाङ छन् । पुरा पढौ

बिहेअघि बिए पास गर्ने किशोरीलाई १ लाख

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रुपमा मिल्दैन । तर बालविवाह अझै रोकिएको छैन । बाल विवाह रोक्न सिन्धुलीको मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख दिन थालेको छ । मरिण घर भएका विद्यार्थी जो जसले स्थानीय क्याम्पसमा अध्ययन गर्छन्, उनीहरु यसबाट लाभान्वित हुने छन् । बालबिवाह रोक्न र स्थानीय शिक्षालाई उकास्न यस्तको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । शनिबार गाउँपालिकाले स्नातक तह… पुरा पढौ

बिहेअघि बिए पास गर्ने किशोरीलाई १ लाख

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रुपमा मिल्दैन । तर बालविवाह अझै रोकिएको छैन । बाल विवाह रोक्न सिन्धुलीको मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख दिन थालेको छ । मरिण घर भएका विद्यार्थी जो जसले स्थानीय क्याम्पसमा अध्ययन गर्छन्, उनीहरु यसबाट लाभान्वित हुने छन् । बालबिवाह रोक्न र स्थानीय शिक्षालाई उकास्न यस्तको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । शनिबार गाउँपालिकाले स्नातक तह… पुरा पढौ

अब सबै प्रदेशमा सरकारी मेडिकल कलेज

सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशहरुमा मेडिकल कलेज स्थापना गर्ने बताएका हुन् । यस्तै चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गरिने राष्ट्रपति पौडेलले बताए । प्रदेश र क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी शिक्षण अस्पताल बनाउने घोषणा गरेको छ। पुरा पढौ

मध्यपहाडी लोकमार्ग छेउछाउ १० नयाँ सहर

सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० नयाँ सहर बनाउने भएको छ । सरकारले ती सरहलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने योजना बनाएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सघन सहरी विकास कार्यक्रमलाई विस्तार गर्ने भएको घोषणा गरेका हुन् । ग्रामीण उत्पादनको सजिलै बजारीकरण गर्न साना बजार केन्द्र तथा बस्तीालाई आधारभूत सेवासहित विस्तार गरिने पनि उनले बताए । पुरा पढौ

पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गरिने

सरकारले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ्महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रुपमा क्रमशः देशभर विस्तार गरिने बताएका हुन्। पुरा पढौ

गोरखकाली रवर उद्योग खोलिने

सरकारले हेटौँडा कपडा उद्योग, गोरखबाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यी तीन उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ। अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ। पुरा पढौ

सरकारले १ हजार शौचालय बनाउने

सरकारले सार्वजनिक स्थानमा एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा एक हजार शैचालय बनाइने बताए। शहरी तथा राजर्माग वपरपरि यात्री, पर्यटक, सेवाग्राही र अत्याधिक चाप हुने सार्वजनिक स्थलमा नीजि तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शैचालय र स्थल निमार्ण गरिने बताए। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं