समाचार

रारा यात्रा

देख्ने र सुन्नेको बीच चार अगुलको फरक हुन्छ, भनिन्छ । यो आँखा र कानको दुरीको लागि भनिएको लाक्षणीक कुरा हो । तर रारा प्रत्यक्ष हेर्दा भिन्नै अनुभूति हुदो रहेछ । बीस २०८०को प्रथम सूर्य राराबाट हेर्ने लक्ष्यका साथ यात्रा भएको थियोे । नजिकका संबन्धका नौ जना यात्रामा सहभागी थियौं । रारा बारे धेरै साहित्य रचिएका छन् । स्थल मार्गको रारा यात्रा कर्णाली यात्रा हुन पुग्दो रहेछ । सुर्खेतको सदरमुकाम बिरेन्द्रनगर… पुरा पढौ

कम्युनिष्ट, गेरुवस्त्र र भौतिकवाद

प्रधानमन्त्री एव नेकपा मावोवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल "प्रचण्ड" हालै भारत भ्रमणमा रहदा उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा गेरुवस्त्र धारण गरी पूजा गर्नु भयो। प्रचण्डको यो पूजा राष्ट्रिय बिषय बन्यो। हिन्दू परिवारमा जन्मेको एउटा दाहाल थरको ब्यक्तिले पूजा गर्दा किन हङ्गमा मच्चियो? के प्रचण्डले पूजा गरेर गल्ती गर्नु भयो? विश्वमा कती देशमा धर्मकै नाममा राजनीति गरेका छन। भारत त्यसको एउटा उदाहरण हो। पूजा गर्नु भनेको "धर्म" को काम गर्नु हो,… पुरा पढौ

स्कुलको छतबाट लडेर घाइते

पोखरा ८ मा रहेको नीलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर एक छात्रा घाइते भएकी छन् । आइतबार बिहान भारत बिहार मोतिहारी घर भई हाल पोखरा ८ बगाले टोल बस्ने १५ की चाहात शाह स्कुलको छतबाट खसेकी हुन् । उनी सोही स्कुलमा पढ्छिन् । घाइते चाहतको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

जन्मदिनमा रक्तदान र छात्रवृत्ति प्रदान

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जन्मदिन सामाजिक काम गरी मनाउने गरेका छन् । ७ वर्षदेखि तिमिल्सिना जन्मदिनमा आफू पढेको स्कुल धर्मस्थली आधारभूतमा आमा र दाजुसँगै जान्छन् । त्यहाँ पढ्ने विद्यार्थीलाई स्टेसनरी र बाल्यकालमा अध्यापन गरेका गुरुहरुको आशीर्वाद लिने गरेका छन् । बिहीबार पनि उनले त्यसै गरे । उनले धर्मस्थलीमा अध्ययन गरिरहेका ३० विद्यार्थीलाई शैक्षिक सामा्री हस्तान्तरण गरेका छन् । कार्यक्रमको अध्यक्षता विद्यालयकी निमित प्रध्यानाध्यापक निर्मला पोखरेलले गरेकी थिइन् ।… पुरा पढौ

सामुदायिक विद्यालयका कर्मचारी न्याय खोज्दै धर्नामा

सरकारले आफ्ना न्यायिक मागहरु सुनुवाई नगरेको भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका छन् । जीवनको गुजारासम्म चल्न सक्ने सेवासुविधाको माग गरी कर्मचारीहरु सरकारले गरेको विभेदको विरोध स्वरुप धर्नामा बसेका हुन् । बैशाख महिनाको टण्टलापुरे घामलाई वेवास्ता गर्दै कर्मचारीहरु पर्वत सदरमुकाम स्थित कुश्मामा रहेको शिक्षा समन्वय इकाइको कार्यालय गेट अगाडि धर्ना बसिरहेका छन् । आफ्ना न्यायिक माग सम्वोधन गर्न पटक पटक आन्दोलन गरेको र विभिन्न समयमा नेपाल सरकारसँग माग पुरा गर्ने… पुरा पढौ

कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

वातावरण पत्रकारिता पुरस्कार २०२२ बाट पोखराका पत्रकार कृष्णमणि सम्मानित हुने भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध पत्रकार बराललाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा यो पुरस्कार साढे तीन दशकदेखि प्रदान गर्दै आएको छ । सन् २०२२ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित, प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी सान्दर्भिकता,… पुरा पढौ

मोबाइल व्यवसायी महासंघ गण्डकीमा नयाँ समिति

नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट उदयबहादुर केसी (लाहुरे दाइ)को अध्यक्षतामा नयाँ समिति चुनिएको छ । महासंघको प्रथम उपाध्यक्षमा देवकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, सचिव किरण ढकाल, कोषाध्क्ष चिन्तामणि खरेल र सहकोषाधक्षमा ढाकामोहन अधिकारी छन् । यस्तै, रविन गुरूङ वरिष्ठ सदस्य र सदस्यहरुमा रामचन्द्र तिवारी, गोविन्द पान्डे, सुदर्शन पौडेल, जीवन ढुंगाना, अञ्जली रञ्जित, रामहरि तिमिल्सिना, विष्णुकुमारी श्रेष्ठ, सुमन कार्की, भुवराज रेग्मी, शिव पोख्रेल, विनोद… पुरा पढौ

नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा पराजुली ।

जेठ २१,स्याङ्जा ।नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित हुनुभएको हो । उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ । निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक… पुरा पढौ

‘स्वाइन फिवर’ले बङ्गुरका खोरै रित्तिए

अमेरिकन स्वाइन फिवरले धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेका हुन् । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले सुनाए । “केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्,… पुरा पढौ

क्युपेको रक्तदानमा ५७ युनिट रगत संकलन

क्युपेक कास्कीले बिहीबार आयोजना गरेको खुला रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको २७ औं स्थापना दिवसको अवसरमा कार्यक्रम भएको हो । नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले कार्यक्रममा श्रमिक देशको जिम्मेवार नागरिक भएको बताए । उनले श्रमिकहरु सामाजिक तथा रचनात्मक काममा समेत सक्रियतापूर्वक लागेको उल्लेख गरे । कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय सचिव तथा कास्कीका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं