‘संगतले जीवन बनाउँछ’ यो भनाईमा मेरो पूर्ण समर्थन छ । ममा टुसाएको, हुर्केको, सायद पसाएको बाल साहित्य पनि मेरो संगतको परिमाण हो । अझ नढाँटी भन्दा स्याङ्जा निवासी सुरज उपाध्यायको संगत मलाई फापेको छ । जुन संगतमा विशेष उर्जा कायम छ, रहिरहोस् पनि ।
अरुको लागि कुन भावनाले के अर्थ राख्छ ? कुन कोटीको भाव अक्षरहरुमा सुहाउँछ ? थाह छैन तर मेरो बालसाहित्यले स्तर खोज्छ । अर्थात् भनौँ मेरो बालसाहित्यले बालक खोज्छ । रोज्छ । ति बालकहरुसँगको हिमचिम अझ संस्कारयुक्त भयो भने, अर्थात् कथा, कविताका पात्रहरु सुसस्कृत र सस्कारी भइदिए भने मेरो रचना पनि उन्नत हुन्छ होला, यसमा मलाई बडो सचेत हुन मन लाग्छ । अन्यथा जुनेली मकै झै फुरेका रचना बेतुक र वेअर्थका पनि हुन सक्छन् ।
पछिल्लो समयमा सुरजजीको लेखकीय आचरणले मलाई प्रभावित पा¥यो । चुम्बकले फलामलाई झै तान्यो । उहाँ बालबालिकाको वरिपरी भएको बेला रचनामा रमाउनु हुँदोरहेछ । अर्थात् बाल कविता लेख्ने बेला उहाँको साथमा बालबालिका नै हुँदा रहेछन् । अर्थात् त्यो माहोल टप्प टिपेर उहाँ लेख्नु हुँदो रहेछ ।
यस्ता सुत्राधार मित्र, जोसँग मेरो भावना मात्र एकाकार हुँदैन । जोसँग अधिकांश विचार मिल्छन् र जोसँग लेखनीका पूर्वाधार पनि उस्तै उस्तै लाग्छन् । उनले लेखेका बालकविता पनि उच्च कोटीका लाग्छन् । ति कविताका (पछिल्लो समयमा) स्रोत अरु कोही नभएर उनकी छोरी ‘प्राप्ती मुस्कान’ नै हुन जस्तो लाग्छ । उनको बाल कविता संग्रह ‘साइकल’ मा जता ततै छोरीले कब्जा जमाएकी छन् । छोरीबाट प्ररित र छोरीका लागि पोषित कविता छन् । जहाँ उनी छैनन् जस्तो लाग्छ, त्यहाँ समेत उनको कुनै न कुनै प्रकारको भाव अंश छ ।
स्मरण रहोस्, जुन ‘साइकल’ बाल कविता संग्रह उनले छोरीको जन्म दिनमा विमोचन गराएका थिए । ति छोरी कस्ती होलिन् ? मलाई पटक पटक जिज्ञासा लाग्थ्यो ।
यस्तो लाग्थ्यो, ‘साचिक्कै सामाजिक सञ्जालमा छाए जस्ती होलिन कि । भन्नाले सुरजजीले बेलाबखत उनको फोटो र भिडियो फेसबुकमा राखिरहनु हुन्थ्यो । ति पोस्ट हेर्दा मेरो अनुमानले एउटा खाका कोरेको थियो, पक्कै पनि उनको चालचलन र आनिबानी साबिकको उमेर समूह भन्दा फरक होला, अलि माथि होला । सुरजजीको अभिभावकले उनलाई एउटा सुन्दर बाल कविता जस्तो तर प्रौढले पनि त्यस कविताबाट केही लिन सक्ने ‘छोरी’ बनाउनु भएको होला । तर विडम्बना मैले अस्ति सम्म उनकी छोरी , प्राप्ती मुस्कानलाई भेट्न मौका पाएको थिइन् ।
हरेक भेट समयले निर्धारण गर्छ । समयका अगाडि न त प्रतिक्षाको केही सिप चल्छ । न त व्यग्रताको केही उपाय लाग्छ । कहिले काही सुरजजीलाई फोन गर्दा भन्नु हुन्थ्यो , ‘हेर्नोस न सर आज छोरी बिरामी भएर कतै निस्केको छैन । म्याडम स्कूल जानुभएको छ । के गर्नु हुन्छ ? स्कुलबाट म्याडम आए पछि फ्रि हुन्छु । त्यति बेला हजुरको टायम मिल्छ भने भेटौला क्यारे ।’ कहिले भन्नु हुन्थ्यो, ‘छोरीसँग बस्न, खेल्न पाए पछि दिन बितेको पत्तै हुदैन ।’
वास्तवमा, उहाँ एउटा आदर्श पिता हुन जस्तो लाग्छ । छोरीको त्यति विधि ख्याल गर्ने बाबु संसारमा अर्काे छन् जस्तो लाग्दैन । खैर, उहाँकी ‘प्राप्ती’ सँग भेट्ने दिन जु¥यो । जब सुरजजीका बुबालाई भेट्न जाने सल्लाह मेरो र फडिन्द्र सर बीच पारित भयो । जब सुरजजीबाट उक्त सल्लाह अनुमोदन भयो । सल्लाह अनुसार शनिबार (२०८०÷०४÷०६ गते) जिरोमा भेट्ने सल्लाह भयो । सुरजजी, म फडिन्द्र अकिञ्चन सर उहाँको घर स्याङ्जाको चुनौट जाने भयौँ । साथमा प्राप्ती मुस्कान पनि ।
म चिरञ्जीवी भाईको टेक्सी लिएर पुग्दा सरजी छोरीलाई समाएर, फडिन्द्र अकिञ्चन सर झोला लिएर सडक पारी उभिरहनु भएको थियो । मेरो आँखा पहिलो लहरमा नै छोरी – प्राप्ति मुस्कान माथि परे । उहाँहरु पारी सडक काटेर वारी आउनु भयो । हामीले विद्यमान औपचारिकताका केही हरफले बिट मा¥यौ । अनि रोकिएको ट्याक्सीमा पहिला प्राप्ति मुस्कान चढिन् भन्दै, ‘बाबा म छेउमा बस्छु ।’
‘छेउमा होइन नानु बिचमा बस ।’
प्राप्ति मानिनन । छेउमा बसिन । बिचमा सुरज जी । अर्को छेउमा फडिन्द्र सर । तब चिरञ्जिवी भाईले गाडी चलाए । ट्याक्सी विस्तारै पृथ्वीचोकबाट स्याङ्जा तर्फ लाग्यो । ट्याक्सीमा प्राप्ती मुस्कानले मिठा मिठा गफ गरिन् । फडिन्द्र अकिञ्चन सर पनि बाल वोली मिलाउन पारङगत हुनुहँुदो रहेछ ।
ट्याक्सी फेदिखोलामा पुगेपछि रोकियो । मैले नै त्यहाँ रोक्न भनेको थिए । त्यहाँ मेरो ससुरालीको पुरानो घर छ । त्यसैले वरिपरिका घर परिवारमा मेरो आफन्तभाव छ । सबैलाई बोलाए । मसगँ भेटेर सबै खुशी भए । सौहाद्रता र सदव्यवहार बाँडे । फेरि गाडि चल्थे, चनौटे पुगे पछि रोकियो । ‘कताबाट जाने हो छोरी ?’ फडिन्द्रसरले प्राप्तिको हात समाउँदै भन्नुभयो ।
‘यताबाट ।’
‘होइन यताबाट होला ।’
‘ल ल एक्लै नहिड अङकलको हात समाउ ।’ सुरज जी झोला बोक्दै भन्नुहुन्छ । तर छोरी बोक्न भन्दै हात फिजाउँछिन । झोला फडिन्द्रसरलाई दिदै सुरजजीले छोरीलाई कन्नरकुट्ठी हाल्छन । पुलमा पुगेपछि छोरी आफै हिड्न थाल्छिन । रमाउँदै हिड्छिन । त्यस्तो कच्ची झोलुङ्गे पुलमा पनि नडराई हिड्छिन अलि माथि पुगेपछि उनी अघि अघि लाउछिन । दोबाटो आउछ । ‘यताबाट होइन र ?’ फडिन्द्रसरले खेलाँची गर्दै भन्नुहुन्छ । ‘होइन यताबाट हो ।’ प्राप्ति ठयाम्ठयाम् हिँड्दै भन्छिन् ।
उकालोमा बाबालाई बोक्न भन्छिन् । ‘यति ठुलो मान्छे भएर पनि बोक्ने भन्ने । मेरो कुरामा उनले खासै ध्यान दिन्नन् ।’
एकछिनमा घर आउछ । बुवा पिढीको सोफामा बसिरहनु भएको थियो । आमा भान्सा कोठाबाट निस्किनु हुन्छ । दुवै जनालाई एकै चोटि नमस्कार टक्राउँछु । छोरी दौडेर पिङ् खेल्न थाल्छिन् । ‘हल्लाई दिनोस न बाबा ।’
‘अहिले दिदी आएपछि हल्लाई दिन्छे ।’ केही क्षण पछि दिदी आउँछिन् । उनीहरु बालसखा जसरी खेल्छन् । पोखरा फर्कने बेला हुन्छ । फर्किन लाग्दा प्राप्ति अलि मलिन हुन्छिन । अझै गाउँको घर बस्न पाए, दिदी सगँ खेल्न पाए र बाबा आमा सगँ बोल्न पाए हुन्थ्यो, जस्तो मनोविज्ञान उनको मुहारमा सहजै पाउन सकिन्छ ।