सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्।
सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह बुधबार बिहान पौने ५ बजे इश्वरपुर नगरपालिका ९ खोरिया टोलमा मृत फेला परेका हुन् । सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले गए राति ड्युटी सकेर इश्वरपुर नगरपालिका ६ बयलबासस्थित आफ्नो घर आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको जनाए ।
उनी सवार बागमती प्रदेश ०२ ०१६ प ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र ् शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।






