प्रहरी चाैकी इन्चार्ज मृत फेला

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । बागलुङको बडिगाड गाउँपालिका ६ को खाल स्थित आशा होटल एण्ड खाजा घरमा मृत भेटिएका हुन् ।

सोमार राती १२ बजे पौडेल मृत भेटिएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । उनको मृत्युको कारण खुलेको छैन् । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजाराम खड्काको नेतृत्वमा प्रहरीटोलि घटनास्थल गएको छ ।

पौडेलको मृत्यु हो या हत्या हो यो भने अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले होटल शिल गरेर राखेको छ ।