पिएन नेपाली विभाग प्रमुखमा यमनाथ

नेपाली विभाग पृथ्वीनारायण क्याम्पसको प्रमुखमा सहप्राध्यापक यामनाथ तिमिल्सिना नियुक्त भएका छन् । उनलाई बुधबार विभागमा आयोजित समारोहमा सहायक क्याम्पस प्रमुख प्राध्यापक लालबहादुर कुँवर र विभागका निवर्तमान प्रमुख प्राडा कुशुमाकर न्यौपाने पदस्थापन गराएका हुन् ।

०५१ सालबाट पृथ्वीनारायण क्याम्पसमा आवद्ध तिमिल्सिना ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनी प्राध्यापक संघ पृथ्वीनारायण क्यापस इकाइका पूर्वसभापति र प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

तिमिल्सिनाका भाषा विज्ञानसँग सम्बन्धित १० कृति प्रकाशित छन् । उनले नेपाली विभागमा विद्यार्थीको संख्या बढाउने, अनुसन्धानमूलक कार्यक्रमअघि सार्ने र शिक्षकहरुलाई सशक्तीकरणमा जोड दिने प्रतिवद्धता गरे ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।