समाचार

बाल हितकारीलाई अन्तर्राष्ट्रिय सम्मान

पोखराको बालहितकारी परियोजनाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । अपांगता भएका बालबालिकाको स्वास्थ्य सुधार, शारीरिक विकास तथा पुनस्र्थापनाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत संस्था पुरस्कृत भएको हो । रिहाबिलिटेसन इन्टरनेसनलले १ सय वर्ष पूरा गरेको सन्दर्भमा चीनको राजधानी बेइजिङमा भएको समारोहमा १० हजार डलर, प्रमाणपत्र र पदकसहित सम्मान पाएको संस्थाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए । गत जेठ ७ गते भएको समारोहमा संस्थाका कार्यकारी निर्देशक ठाकुर चापागाईलाई सो पुरस्कार प्रदान गरिएको हो… पुरा पढौ

बेगनासमा सार्वजनिक भयो सुमेरु

पोखराको बेगनासकी गजलकार गीता अधिकारी जूनले पृथक तवरले आफ्नो कृति सार्वजनिक गरेकी छन् । जुनको गजल सञ्चयन सुमेरु वेगनासतालमा ढुंगामाथि कार्यक्रम गरी मंगलबार विमोचन भएको हो । गजल सन्ध्या पोखराले आयोजना गरेको कार्यक्रममा मूर्तिकार, गीतकार, गजलकार विनोद प्रवीण र भरत आचार्यले कृति सार्वजनिक गरे । समारोहमा गजलकारहरू त्रुपक, सावित्री गिरी, शिव त्रिपाठी र हरि कंडेलले कृतिबाट रोज्जा गजल सुनाए । कृतिकार जूनले सुमेरुबाट केही गजल सुुनाइन् । जीवनका भोगाइ र… पुरा पढौ

सज्जनको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

गायक, कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीतको म्युजिक भीडियो पोखरामा‘ सार्वजनिक भएको छ । ‘’पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गितको मुल थेगो छ । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गितमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी । https://youtu.be/MQtQH-08Lok पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर… पुरा पढौ

आमाको स्मृतिमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

आमाबा दुवैको अभिभावकत्वबाट वञ्चित ७ वर्षीया श्रीया सुनारलाई छात्रवृत्ति हस्तान्तरण गर्दा सिर्जना शर्मा भावुक बनिन् । गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख शर्माले बाल्यकालमै आफूले पनि बाआमा दुवैको ममता नपाएकोसमेत सम्झिइन् । डिकेडिएस फाउन्डेसनले सोमबार जिफन्ट गण्डकीसँग सहकार्य गरी आयोजना गरेको कार्यक्रममा शर्माले अरु २ बालबालिकालाई पनि छात्रवृत्ति प्रदान गरिन् । आफ्ना आमाहरु धनकुमारी र धनसुब्बा गुरुङको स्मृतिमा मीना, रुपा र रीताले बर्सेनी गरिब र जेहेन्दार विद्यार्थीलाई फाउन्डेसनमार्फत् छात्रवृत्ति प्रदान गर्ने गरेका… पुरा पढौ

‘सरकार, बाँदर पालौं कि बालबच्चा पालौं !!’

तनहुँको बन्दीपुर गाउँपालिका ४ झप्रीका राममाया रानामगर केही वर्षअघि तरकारी खेती गर्थे । उनलाई तरकारी खेती बाँदरबाट जोगाउनै मुस्किल थियो । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनी भन्छन् “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” बाँदर आतङ्कले उनले तरकारी खेती गर्न छाडिदिए । राना अहिले मौरीपालनतर्फ लागेका छन् । मौरीपालनसँगै दालचिनी खेती पनि गरेका छन् । गाउँमा अझै पनि बाँदरको समस्या छ… पुरा पढौ

शिव पलाँसको नयाँ गीतमा रचना र ईश्वरको स्वर

प्राय गम्भीर र बियोगान्त गीत गजलहरुमा कलम चलाउने शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । यसपटक भने उनले लोकपप शैलीको रमाइलो युगल गीत ‘साहुकी छोरी’ बजारमा ल्याएका छन् । एस डी योगीको संगीत , रिकेश गुरुङको संगीत संयोजन तथा रचना रिमाल र ईश्वर पोखरेल अबिरलको आवाजमा सजिएको यो गीतले वल्लो पल्लो गाउँका युवा युवतीको प्रेमकथा अभिब्यक्त गरेको छ । मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा कमल सिङ , ललना चिमरिया… पुरा पढौ

सुकल्पमा नयाँ समिति, अध्यक्षमा डा अनिल

सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको अध्यक्षमा डा अनिल सुवेदी निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न दोस्रो अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चुुनेको हो । उपाध्यक्षमा मनहरी सुवेदी, सचीवमा महेन्द्रराज सुवेदी, सहसचिवमा बुद्दिनाथ सुवेदी र कोषाध्यक्षमा भिमप्रसाद सुवेदी छन् । सदस्यमा नारायण सुवेदी, शिवकुमार सुवेदी, शिवहरी सुवेदी, पोष्टराज सुवेदी, रामचन्द्र सुवेदी, नारायण प्रसाद सुवेदी, यामु कुमारी सुवेदी, कविता भण्डारी सुवेदी, गणेश प्रसाद सुवेदी, दुर्गादेवी सुवेदी, नन्दलाल सुवेदी, प्रदिप सुवेदी, तिर्थराज… पुरा पढौ

क्युपेकको स्थापना दिवसमा शिविर

नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक) नेपालको २० आंै स्थापना दिवस शनिबार मनाइएको छ । दिवसको अवसरमा निर्माण श्रमिक महिलाको भेला तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर भएको छ । कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संघ कास्की सभापति प्रेमबहादुर भुजेलले क्यान्सर समयमा नै पहिचान गर्न सके निको हुने बताए । नेपालका ग्रामीण भेगसम्म क्यान्सरबारे सचेतना र उपचार प्रक्रियाबारे सचेतना जरुरी रहेको उनले औंल्याए । लायन्स पोखरा कुमुद… पुरा पढौ

विश्व शान्तिको कामना गर्दै रुद्री पाठ सहित लाख बत्ती प्रज्जवलन

पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफा क्षेत्र भित्र पर्नेे गायत्री वेद वेदांग पाठशालाको प्राङ्गणमा विश्व शान्तिको कामना गर्दै धार्मिक कार्यक्रमको बुधबार आयोजना गरियो । उक्त धार्मिक कार्यक्रममा पंण्डीतहरुले रुद्री पाठ गरेका थिए भने भक्तजनहरुद्धारा लाख बत्ती प्रज्जवलन गरिको थियो ।धार्मिक कार्यक्रममा अध्यक्षता ग्रहण गरेका हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले हिन्दु धर्मको नाममा विभिन्न सम्प्रदाय रहेको र सम्प्रदायले आआफ्नो कुरा नै ठुलो मान्दै आएकोले समाजमा… पुरा पढौ

नक्कली शरणार्थी कान्डमा मुछिए लीला जिसी

पोखरामा विभिन्न व्यवसायमा संलग्न लीला जिसी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । टोपबहादुर रायमाझी मन्त्री हुँदा जिसी उनका प्रमुख स्वकीय सचिव थिए । नेकपा विभाजन भएपछि जिसी रायमाझीसँगै एमालेमा लागेका हुन् । दुवैको घर अर्घाखाँची नै हो । निलम्बित एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी पक्राउ पुर्जी जारी भएपछि बुटबलबाट सम्पर्कविहीन भएर पोखरा आउँदा जिसीकै व्यवस्थापनमा लुकेको स्रोत बताउँछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले जिसीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं