समाचार

धान दिवसमा एग्रो सहकारीको सम्मान र रोपाइँ महोत्सव

एग्रो टुरिजम सहकारी संस्थाले शुक्रबार रास्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव, अग्रज किसान सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम गरेको छ । आजको सहकारी उत्पादनमा साझेदारी आयातलाई प्रतिस्थापन, नियाँतलाई प्रबर्द्धन गनेँ मुल उद्देश्यका साथ यो सहकारी स्थापना भएको हो । गण्डकी प्रदेशका कृषि, भूूमी ब्यबस्था तथा सहकारी मन्त्री महेन्द्र ध्वज जिसीले महोत्सवमा ६ अग्रज किसानलाई सम्मान गरे । यसरी सम्मानित हुनेमा शाकुरा एपिएरीका सञ्चालक श्रीभद्र बराल , आशिका पशुपालन तथा कृषि… पुरा पढौ

प्याराग्लाइडिङ शुल्कमा भारी वृद्धि

पोखरामा हुने प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हाल प्रतिउडान ८ हजार ५ सय शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार तिर्नुपर्ने भएको छ । यो वृद्धि ४१ प्रतिशत हो । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनील भट्टराईले उक्त शुल्कमा बिमा रकम र पाइलटको खर्च समाहित हुने जनाए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको… पुरा पढौ

मुख्यमन्त्रीहरुले मागे जग्गाको स्वामित्व (साझापत्रसहित)

पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने, संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका निष्कर्ष निकालेको छ । मुख्यमन्त्रीहरुले साझापत्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले बैठकको निष्कर्षबारे संघीय सरकारमा छलफल गर्ने आश्वासन… पुरा पढौ

गण्डकीमा १८ % मात्रै रोपाइँ

गण्डकी असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिइन् । लमजुङमा… पुरा पढौ

विपन्नलाई मूल प्रवाहमा ल्याऔं’

मुलुकको समृद्धिका लागि समाजका विपन्न वग{लाई राज्यको मूल प्रवाहमा ल्याउनुपने{मा जोड दिइएको छ । पोखरा महानगरपालिका वडा नं. १७ को आथि{क सहयोगमा नारीशक्ति जागरण आमा समूहको व्यवस्थापनामा आयोजित अल्पसंख्यक, आदिवासी र सिमान्तकृत वग{का लागि क्षेमता अभिवृद्धि काय{क्रमका बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । वडाध्यक्ष राधिकाकुमारी शाही योगीले विभेदरहित समाज निमा{णमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । विपन्न वग{को क्षमता अभिवृद्धि गदै{ आयआज{नसँग जोड्ने खालका विविध काय{क्रममा पालिकाको… पुरा पढौ

सृजना माविका विद्यार्थीलाई योग सिकाइयो

पोखरा ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल र विद्यालयको आयोजनामा विश्व योग दिवसको अवसरमा योग प्रशिक्षण आयोजना गरिएको छ । योग शिविरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थी सहभागी बने । मानिसको दैनिक जीवनमा योगको आवश्यकता र महत्वबारे विद्यार्थीलाई बुझाउने उद्देश्यका साथ कार्यक्रम गरिएको विद्यालय निर्देशक सीता पाण्डेले बताइन् । कार्यक्रमका प्रशिक्षकमा शंकर पोख्रेल, सुजता पोख्रेल, दीक्षा लम्साल, विष्णु गुरुङ, सोनापुरी लगायत थिए । कार्यक्रममा शिक्षक… पुरा पढौ

गाँजाबाट औषधि उत्पादनदेखि निर्यातसम्म गरौंः केसी

गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीले स्टन्टबाजी र सार्वजनिक खपतका लागि गाँजाको कुरा नगर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०—८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजा खेतीबाट समृद्धिको सपना खोज्न सकिने औंल्याए । सांसद केसी भन्छन्, ‘जे कुरा पनि धेरै र मात्रा नमिलाई खाँदा विष हुन्छ । गाँजाबाट आयुर्वेदिक औषधिदेखि कपडासम्म बनाउन सकिन्छ । जतिसक्दो छिटो गाँजाबाट औषधी उत्पादनदेखि निर्यातसम्मको वातावरण बनाऔं ।’ उनले विदेशबाट आयात हुने… पुरा पढौ

विरुवामा बन्यो प्रज्ञा प्रतिष्ठान, शंकरविरही अध्यक्ष

स्याङ्जाको विरुवा गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । गाउँपालिकाले विरुवा प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र प्रज्ञा प्रतिष्ठान सञ्चालन कार्यविधि २०७९ बनाएर शंकरविरही गुरुङको अध्यक्षतामा प्रतिष्ठान बनाएको हो । लोकदोहोरी गायक शंकरविरही राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिवसमेत छन् । पीताम्बर शर्मा उपाध्यक्ष रहेको प्रतिष्ठानमा खड्कबहादुर गुरुङ र भीमलाल थापा सदस्य तथा विरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसाल सदस्य सचिव छन् । विरुवा प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यमा… पुरा पढौ

चूडामणि शर्मासहित ३ जनालाई ९ वर्ष जेल र ४ अर्ब जरिवाना

विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित ३ जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो । निर्धारित सजायअनुसार दोषी ठहर तीनै जनाविरुद्ध बिगो र जरिवाना जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ तोकिएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र… पुरा पढौ

राष्ट्रिय विभूति तथा सहिद पार्कमा नयाँ समिति

पोखरा महानगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति तथा सहिद पार्कको नयाँ व्यवस्थापन समिति गठन भएको छ । पोखरा १८ जामुनबोटमा रहेको पार्कको समितिमा पोखरा महानगरपालिकाका प्रमुख र उपप्रमुख संरक्षक छन् । १७ सदस्यीय समितिको अध्यक्षमा भरत थापा छन् । उनी यसअघि उपाध्यक्ष थिए । उपाध्यक्षमा समाधान दैनिकका प्रधानसम्पादक रामकृष्ण ज्ञवाली, सहिद पत्नी सविता दाहाल एवं पार्कका परिकल्पनाकार लक्ष्मण तिमिल्सिना छन् । सदस्य सचिवमा गंगाधर तिमिल्सिना छन् । तिमिल्सिना एकीकृत समाजवादीका जिल्ला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं