एग्रो टुरिजम सहकारी संस्थाले शुक्रबार रास्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव, अग्रज किसान सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम गरेको छ ।
आजको सहकारी उत्पादनमा साझेदारी आयातलाई प्रतिस्थापन, नियाँतलाई प्रबर्द्धन गनेँ मुल उद्देश्यका साथ यो सहकारी स्थापना भएको हो । गण्डकी प्रदेशका कृषि, भूूमी ब्यबस्था तथा सहकारी मन्त्री महेन्द्र ध्वज जिसीले महोत्सवमा ६ अग्रज किसानलाई सम्मान गरे ।
यसरी सम्मानित हुनेमा शाकुरा एपिएरीका सञ्चालक श्रीभद्र बराल , आशिका पशुपालन तथा कृषि फमँका संचालक शिवप्रसाद लामिछाने एवं कल्पना लामिछाने, पौडेल पशुपालन तथा कृषि फामँका संचालक बिस्णुप्रसाद पौडेल, कृषि उपज संकलन तथा कृषि एम्बुलेन्समार्फत संकलित तरकारीको ब्यबस्थापन सहजकर्ता टेकबहादुर थापा ,तरकारी संकलन रिखे नेपाली, दुग्ध उत्पादन तफँ कल्पना थापा छन् ।
कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सहकारीले कृषि र पयँटनको बिकासमा पुर्याएको योगदानको प्रशंसा गरे । भावी दिनमा यस्ता गतिविधिलाई वडा कायँलयले समेत सघाउने प्रतिवद्धता जनाए ।
सो अवसरमा लोकबाजाको प्रस्तुति, हिलेदौड प्रतियोगिता, हिलोमा डोरी तान्ने रस्साकस्सी, रोपाइँ प्रतियोगिता र कलाकार शिवहरि ढुङ्गाना र मधु महतले प्रस्तुति राखेका थिए ।
संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा
कृषि निर्देशनालय पोखराका प्रमुख मधु रेग्मी, काँग्रेस पोखरा ३३ का सभापति तिलकप्रसाद अधिकारी, नेकपा एमाले पोखरा ३३ का अध्यक्ष दीपकप्रसाद लामिछाने, नेकपा माआोबादी केन्द्रका अध्यक्ष श्रीभद बराल, रास्टिय स्वतन्त्र पाटीँका केन्द्रीय अनुशासन बिभाग प्रमुख माधबप्रसाद कंडेल, रास्ट्रिय सहकारी बैंककका लेखा समिति सदस्य चन्दा पराजुली ढकाल, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, समाजसेवी पिताम्बर शर्मा पौडेल, बिशेशवर आचार्य हरामी , दिनेश आचार्य, चन्दप्रसाद पौडेल, जनप्रतिनिधि दुर्गा केसी, प्रकाश काकी, दिगो शान्ति महिला बचत ऋण सहकारीका अध्यक्ष रमादेबी आचार्य, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, सहकारीकी महिला विकास समिति संयोजक अन्जु अधिकारी थापा, कार्यक्रम संयोजक श्रीभद बराल र सचिव बाबुराम सुवेदीले बोलेका थिए ।






