सृजना माविका विद्यार्थीलाई योग सिकाइयो

पोखरा ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल र विद्यालयको आयोजनामा विश्व योग दिवसको अवसरमा योग प्रशिक्षण आयोजना गरिएको छ ।

योग शिविरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थी सहभागी बने । मानिसको दैनिक जीवनमा योगको आवश्यकता र महत्वबारे विद्यार्थीलाई बुझाउने उद्देश्यका साथ कार्यक्रम गरिएको विद्यालय निर्देशक सीता पाण्डेले बताइन् ।

कार्यक्रमका प्रशिक्षकमा शंकर पोख्रेल, सुजता पोख्रेल, दीक्षा लम्साल, विष्णु गुरुङ, सोनापुरी लगायत थिए । कार्यक्रममा शिक्षक नायक रीता आचार्यले पनि बोलेकी थिइन् ।