कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

वातावरण पत्रकारिता पुरस्कार २०२२ बाट पोखराका पत्रकार कृष्णमणि सम्मानित हुने भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध पत्रकार बराललाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा यो पुरस्कार साढे तीन दशकदेखि प्रदान गर्दै आएको छ । सन् २०२२ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित, प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्यांकक आधारमा मूल्यांकन यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारलाई सन् २०२२ भरी प्रकाशन, प्रशारण भएका लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व माहासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको बराललाई पुरस्कार दिन सिफारिस गरेको हो ।

समूहद्वारा स्थापित यो पुरस्कार पाउने बराल ३६ औं पत्रकार हुन् ।