समाचार

पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गरिने

सरकारले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ्महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रुपमा क्रमशः देशभर विस्तार गरिने बताएका हुन्। पुरा पढौ

गोरखकाली रवर उद्योग खोलिने

सरकारले हेटौँडा कपडा उद्योग, गोरखबाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यी तीन उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ। अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ। पुरा पढौ

सरकारले १ हजार शौचालय बनाउने

सरकारले सार्वजनिक स्थानमा एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा एक हजार शैचालय बनाइने बताए। शहरी तथा राजर्माग वपरपरि यात्री, पर्यटक, सेवाग्राही र अत्याधिक चाप हुने सार्वजनिक स्थलमा नीजि तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शैचालय र स्थल निमार्ण गरिने बताए। पुरा पढौ

विमला भण्डारीलाई सुप्रेम शारदा पुरस्कार

सुप्रेम शारदा पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले सञ्चालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार नगद र सम्मानपत्र छ । नेपाल पत्रकार महासघं कास्की पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको युनियनका कार्यवहाक अध्यक्ष रविना… पुरा पढौ

बुद्धिजीवी संगठन पोखरा महानगरमा बुद्धिसागर

नेपाल बुद्धिजीवी संगठनको पोखरा महानगर कमिटीको शनिबार भएको पहिलो सम्मेलनले बुद्धिसागर घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चुनेको छ । ३७ सदस्यीय कमिटीको सचिवमा माधव सुवेदी छन् । पोखरा महानगरका बुद्धिजीवी संगठन इन्चार्ज ईश्वरीप्रसाद लम्सालको संयोजकत्वमा लोकराज भण्डारी र वेदनाथ भण्डारी सदस्य रहेको निर्वाचन कमिटीले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । सम्मेलनमा संगठनका पूर्व केन्द्रीय अध्यक्ष कोमलनाथ बरालले बुद्धिजीवी संगठन निर्माण र यो संगठनको दायित्वमाथि प्रकाश पारे । माओवादी… पुरा पढौ

माविको शिक्षक लाइसेन्सको आवेदन खुला

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको… पुरा पढौ

परिश्रमीलाई गण्डकी वाङ्मय पुरस्कार

साहित्यकार नारायण परिश्रमी (नारायणबहादुर पण्डित)लाई यस वर्षको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । २० हजार नगद र सम्मानपत्रसहित परिश्रमीलाई जेठ ८ गते ९४ औं गोकुल जयन्तीमा सम्मान गरिने भएको छ । गण्डकी साहित्य संगम पोखराले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टालाई २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ । गोकुल वाङ्मय… पुरा पढौ

मोबाइल कारोबारका समस्या सुल्झाउन तालिम

सेकेन्ड ह्यान्ड मोबाइलको व्यापार गर्ने कि नगर्ने, चोरी गर्ने जस्तै हामी व्यवसायीलाई पनि किन सजाय हुन्छ ? यसको समाधानको बाटो के छ ? पोखराका इलेक्ट्रोनिक व्यवसायीले शनिबार यस्तै जिज्ञाशा राखे । मोबाइल व्यवसायी सेकेन्ड ह्यान्डको कारोबारमा बारम्बार उल्झनमा फसेपछि पोखरा इलेक्ट्रोनिक्स व्यावसायी संघ कास्कीले यसबारे प्रशिक्षण आयोजना गरेको हो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले वस्तुगत संघहरु बलिया हुँदा व्यापार, व्यवसाय स्वच्छ, पारदर्शी र उपभोक्तामैत्री बन्ने उल्लेख… पुरा पढौ

आदर्शचोकमा मनकामना डेन्टलको शाखा

पोखरा ८ न्युरोडमा रहेको माता मनकामना डेन्टलले पोखरा वडा नं. २९ को आदर्शचोकबाट समेत सेवा दिन थालेको छ । डेन्टलको आदर्शचोको शाखा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले बुधबार सुरुआत गरे । वडाध्यक्ष श्रीप्रसाद गुरुङले गुणस्तरी स्वास्थ्य सेवाबिना मानिसको जीवन चल्न नसक्ने बताए । उनले वडा कार्यालय नागरिकलाई सुलभ रुपमा स्वास्थ्यसहितका सेवा दिन दत्तचित्त रहेको बताए । उनले भने, ‘स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा दिनुपर्छ । यो व्यवसायमात्र होइन, सेवामूलक व्यवसाय… पुरा पढौ

बाँकी शुल्कको नाममा अवैध असुली गर्दै शिशु निकेतन

पोखरा १७ विरौटामा रहेको शिशु निकेतन माविले विद्यार्थीसँग अवैध शुल्क असुलिरहेको छ । स्कुलले पुरानो शुल्क शीर्षकमा सबै विद्यार्थीसँग २ महिनाको शुल्ःक लिएको हो । केही हप्ताअघि पोखरा महानगरले सूचना प्रकाशित गरी भर्ना शुल्क नलिन भनेको थियो । तर शिशुनिकेतनले चोर बाटो खोज्दै भर्ना शुल्क लिएको हो । शुल्कबारे सोधपुछ गर्ने र तिर्न आनाकानी गर्नेलाई विद्यार्थी निकालेर लैजान व्यवस्थापनले भन्ने गरेको छ । शुल्कबारे बुझ्ने अनेक प्रयासपछि नेपालदुतको सम्पर्ककमा आएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं