सरकारले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गर्ने घोषणा गरेको छ।
शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ्महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रुपमा क्रमशः देशभर विस्तार गरिने बताएका हुन्।




