प्रेस युनियन कास्कीमा नयाँ समिति

नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत भएका छन् ।

संघको १० औं अधिवेशनले मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो । खुला उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्ष ज्योति हमाल, सचिव धनबहादुर गुरुङ ‘सुमन’, सहसचिव सपना अधिकारी र कोषाध्यक्ष नीराजन अधिकारी छन् ।

सदस्यमा अभिनन्दन वजिमय, प्रवीण थापा,अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, सविन विक र देवीका तामाङ छन् ।