समाचार

छानबिन माग गर्दै साइबर ब्युरो पुगिन् आरजू

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न प्रहरीलाई निवेदन दिएकी छन् । बाहिर आएको अडियो फेक भएको दाबीसहित उनले साइबर ब्युरोमा निवेदन दिएकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजूको समेत नक्कली शरणार्थी कान्डमा संलग्नता रहेको चर्चा छ । ‘विभिन्न सञ्चार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा… पुरा पढौ

बालकृष्ण ४ दिन हिरासतमा, सांसद मञ्जु सम्पर्कविहीन

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न चार दिन म्याद थप गरिएको छ। बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो। महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको हो। खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि अदालत लगेको हो।… पुरा पढौ

अर्थतन्त्रको झारफुकले पुग्दैन, सर्जरी गर्नुपर्छ: डा स्वर्णिम

काठमाडौं, २५ वैशाखसांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको तर्क गरेका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको… पुरा पढौ

मुग्लिन–पोखरा बाटोः प्रगति सुस्त, कहिलेसम्म होला सास्ती ?

पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा ६ दशमलव ०५ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा ६ दशमलव ०५ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने निकै सुस्त छ । मुग्लिन–पोखरा सडक योजना… पुरा पढौ

बसाइसराई रोक्ने उपायः बाँदरलाई बगैचा

बलेवा, २५ वैशाखजैमिनी नगरपालिका ८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदर संकलन गरी फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालिएको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको… पुरा पढौ

पोखरामा बिजुलीका तार भूमिगत गर्न थालियो

गण्डकी, २५ वैशाखपोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका–१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताए । “इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”, उनले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताउनुभयो । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ । चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको… पुरा पढौ

स्थानीय तहले बनाउन थाले आफ्नै प्रहरी

रोल्पा, २५ वैशाख रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन्… पुरा पढौ

रास्वपा सांसदमा विन्दवासिनी कि ढाका ?

रास्वपाले सोमबार विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाएको हो । निर्वाचन आयोगले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकार सांसद हुने निर्णय अघिल्लो साता नै गरेको हो । उनले आयोगबाट सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ । यता, सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको… पुरा पढौ

२८ गतेबाट पोखरामा नेपाली नाटक सेमिनार

नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्न लागेको छ । नेपाली कला, कौशल, संगीत, नेपाली नाटक, रंगमञ्च, समग्र संस्कृति र नेपाली साहित्यको श्रीवृद्धि गर्ने लक्ष्यका साथ प्रतिष्ठान स्थापना भएको हो । पोखरा प्रज्ञा प्रतिष्ठानको मुख्य सहयोग र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा वैशाख २८, २९ र ३० गते सेमिनार आयोजना गरिएको नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । उनले नाटक लेख्ने तथा निर्देशन गर्ने र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं