समाचार

यति दुर्घटना जाँच आयोगको म्याद थपियो

काठमाडौँ, १ चैतसरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई… पुरा पढौ

विकास पूर्वाधारमा उदाहरण प्रस्तुत गर्दै कालीगण्डकी गाउँपालिका

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई बुधरबार मिर्मिमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पालिकामा धेरै नै विकास भएपनि प्रचार भने नभएको धारणा राखे । अध्यक्ष थापाले… पुरा पढौ

रापाकोट पोखरा समाजमा गोविन्द काफ्ले

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले गोविन्द काफ्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । अधिवक्ता काफ्ले शिक्षण क्षेत्रमा समेत क्रियाशील छन् । समाजको उपाध्यक्षमा महेश्वर रिमाल, कोषाध्यक्षमा सीता चापागाई, सचिवमा प्रेम लम्साल र सहसचिवमा डिल्लीराम काफ्ले चुनिए । सदस्यहरूमा लालकान्त चापागाई, नेत्रप्रसाद काफ्ले, एकनारायण चापागाईं र कृष्णप्रसाद चापागाई छन् । समाजले फागुुपूर्णिमाको अवसर विशेष कार्यक्रमसमेत आयोजना गरेको छ । समाजका अध्यक्ष मेघनाथ… पुरा पढौ

आन्दोलनमा श्रमिक समुदायको योगदान उल्लेखनीयः विकिरण

नेकपा निकट श्रमिक समुदाय मोर्चा धौलागिरी ब्युुरोको प्रथम बैठक आइतबार भएको छ । बैठकमा नेकपा केन्द्रीय समिति सदस्य तथा धौलागिरी ब्युुरो इन्चार्ज विकिरण सीले परिवर्तनका हरेक आन्दोलनमा श्रमिक समुदायको उच्च भूमिका रहँदै आएको उल्लेख गरे । बैठकमा जातीय छुवाछूत तथा विभेदका विरुद्ध मोर्चाले संघर्ष गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णय भएको मोर्चाका केन्द्रीय सचिव तथा धौलागिरी ब्युुरो इन्चार्ज उमेश सीले जानकारी दिए । मोर्चाका धौलागिरी ब्युुरो संयोजक राम सीको अध्यक्षतामा भएको… पुरा पढौ

सहिद, बेपत्ता परिवार पार्टीका ऊर्जा

२८ औं जनयुद्ध दिवस अन्तर्गत सहिद सप्ताहको सन्दर्भमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले विशेष कार्यक्रम गरेको छ । जनयुद्धमा सहिद हुने र बेपत्ता हुने कास्की जिल्लाका सबै सहिद तथा बेपत्ता परिवारसँग भेटघाट एवं अन्तरक्रिया गरिएको हो । समारोहमा सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान तथा अभिनन्दनसमेत गरिएको छ । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्यले नेकपालाई सल्लाह, सुझावसहित खबरदारी गरेका थिए । सहिदका सपना नभुल्न, बेइमानी नगर्न… पुरा पढौ

अनन्ता सामुदायिकमा फागुपूर्णिमा

अनन्ता सामुदायिक सेवा समिति पोखरा २ विन्ध्यवासिनीले फागुपूर्णिमाको अवसरमा सोमबार विशेष कार्यक्रम गरेको छ । समितिका पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरुले नेपाली मौलिकपन अनुुसार फागूपूर्णिमा मनाउँदै आत्मीयता अभिवृद्धि गर्न कार्यक्रम गरिएको हो । समितिका पूर्व अध्यक्ष विजया रेग्मीले चाडपर्वले उल्लास र आत्मीयता बढाउने जनाइन् । संस्थाका अध्यक्ष कमला पराजुलीले संस्कार, संस्कृति नै मानिसको परिचय भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा निवर्तमान अध्यक्ष रंगीता सुवेदी, उपाध्यक्ष सरिता सुवेदी, सचिव… पुरा पढौ

पोखरा २६ मा वडास्तरीय महिला सञ्जाल

साबिक लेखनाथ मा पहिलो पटक वडा स्तरिय महिला सन्जाल गठन भएको छ । पोखरा वडा न २६ को पहलमा आइतबार महिला सन्जाल गठन भएको हो । पोखरा २६ को वडा कार्यालय मा आइतबार स्थानीय महिला हरु भेला भयेर संजाल गठन गरेका हुन ।स्थानीय तह मा लक्षित बर्ग बजेट कार्यन्वयन गर्न उपयुक्त उपभोक्त समिती को अभाव पूरा गर्न स्थानीय महिला सन्जाल आवस्यक भयेको वडा २६ कि वडा सचिब मिना भट्टराई भन्डारी… पुरा पढौ

तनहुँमा २ सयको सित्तैमा जाँच

लायन्स क्लब अफ तनहुँ र लिओ क्लब अफ तनहुँको आयोजना भएको शिविरमा २ सय ११ जनाको सित्तैमा सुगर, थाइराइड तथा हर्मोन रोगसम्बन्धी रगत जाँच गरिएको छ । युआरल दमौलीको प्राविधिक सहयोगमा भएको कार्यक्रमाम वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले रोग लाग्नुअघि नै बेला बेलामा जाँच गर्नुपर्ने र लागि हालेमा समयमै जाँच गरी स्वास्थ्य लाभ गर्नुपर्नेमा जोड दिए । सुगर, थाइराइड, हर्माेन जस्ता नसर्ने रोगको प्रकोप बढ्दै… पुरा पढौ

आस्था सहकारीका सेयर सदस्यलाई तालिम

पोखरा १ बगरमा रहेको आस्था सहकारीमा नवप्रवेशी सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण तालिम भएको छ । तालिममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाले समय समयमा सहकारीका सदस्यलाई सहकारी शिक्षा तथा बिभिन्न खालका तालिम दिनुपर्ने बताए । सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन यस खालको गतिविधि सहायक हुने उनको भनाइछ । संस्थमा पुरुष ९ सस ७०, महिला ९ सय २३ र संस्थागत ११ गरी १ हजार ९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं