समाचार

कञ्चनजंघामा बिदाई

पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आइतबार आफ्नो १२ औँ एस्।ई।ई।ब्याचलाई एक कार्यक्रमको आयोजना गरी विदाइ तथा शुभकामना दिएको छ । कक्षा नौका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम कक्षा नौ कै छात्र कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा छात्रा सृष्टि खत्रीले स्वागत् मन्तव्य राखेकी थिइन्। विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले विद्यार्थीहरूलाई उच्चतम सफलताका लागि शुभकामना दिँदै हरेक गल्तीबाट परिस्कृत हुँदै सफलतालाई पछ्याउन सुझाब दिए । विदाइ भएर जाने विद्यार्थीका तर्फबाट… पुरा पढौ

रत्नमानले ल्याए तीन भाषाको पुस्तक

शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे । २००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाटस्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापकका रहेका गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी… पुरा पढौ

प्रेस क्लब गण्डकीमा एकराजको नेतृत्व

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी चयन भएका छन् । क्लबको शनिबार पोखरामा भएको प्रथम अधिवेशनले सफल न्युज डटकमका सम्पादक गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशीष पुरी र संकल्प ढुंगाना छन् ।कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अपरिपक्व अवस्थामा रहेकाले आमसञ्चार विधेयक तत्काल पारित नभएको बताए ।… पुरा पढौ

नर्सिङ क्याम्पसको स्थापना दिवस, अस्पताल खोल्ने

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस पोखराले ४० औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको सन्दर्भमा गत फागुन १३ देखि १६ गतेसम्म विद्यार्थी शिक्षक र कर्मचारीबीच वार्षिक खेलकुद प्रतियोगिता भएको क्याम्पस प्रमुख प्रा नीता ताम्रकारले जानकारी दिइन् । क्याम्पसको ४० औं वार्षिकोत्सव मुल समारोह बुधबार भएको छ । समारोहमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । क्याम्पसमा वर्षभरीमा उत्कृष्ट काम… पुरा पढौ

लघुकथा लेख्न सजिलो, राम्रो लेख्न सबैभन्दा गाह्रो !

लघु आकारको कथा लघुकथा होइन, कथाको छोटकरी वा सारांश पनि लघुकथा होइन । आख्यानकार र जानकारहरुले नेपाली लघुकथा क्षेत्रका यस्तै, यस्तै कमजोरीबारे छलफल गरे । उनीहरुले लघुकथा लेख्न एकदमै सजिलो भएको तर राम्रो लघुकथा सिर्जना गर्न एकदमै कठिन भएको निष्कर्षसमेत निकाले । लघुकथा प्रतिष्ठान, पोखराले शनिबार पोखरामा आयोजना गरेको लघुकथा लेखनसम्बन्धी प्रशिक्षणका प्रशिक्षक, अतिथि, जानकार र सहभागीले लघुकथाका विविध आयाम, इतिहास र अवस्थाबारेसमेत छलफल गरे । प्रशिक्षणमा ३२ जना सहभागी… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकीमा नयाँ समिति

एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेशको दोस्रो अधिवेशनले गोरखाका टीकाराम श्रेष्ठको अध्यक्षतामा ५३ सदस्यीय नयाँ समिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शोमा गुरुङ (कास्की), महिला उपाध्यक्ष सुमित्रा लम्साल (नवलपुर), उपाध्यक्षद्वयमा कास्कीका नारायणप्रसाद चापागाई र बागलुङकी इन्दु शर्मा छन् । महासचिवमा लमजुङका सीताराम अधिकारी र अर्थ उपमहासचिवमा बाबुराम विक छन् । उपमहासचिवमा म्याग्दीका दण्डपाणि शर्मा, महिला सचिव स्याङ्जाकी कृष्णदेवी थापा र सदस्यद्वयमा राजेन्द्र पौडेल र रामचन्द्र पौडेल… पुरा पढौ

बागलुङ नगरपालिकाका ९० प्रतिशत योजना सम्झौता

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँनै लाग्दा बागलुङ नगरपालिकाका करिव ९० प्रतिशत विकास योजनाको सम्झौता सकिएको छ । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट कुल ५ सय ७६ योजना छनौट भएकोमा फाल्गुन पहिलो हप्ता सम्म आइपुग्दा ५ सय १८ वटा योजनाको सम्झौता सकिएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो आर्थिक वर्षमा कुल ६८ करोड ३ लाख ९ हजार ३ सय ११ पुँजीगत बजेट मध्ये ६१ करोड २८ लाख बढिका योजनाको… पुरा पढौ

पोस्सोन केन्द्रमा सुवास, कास्कीमा कुमार

पोलिटिकल साइन्स सोसाइटी (पोस्सोन)नेपालको प्रथम साधारण सभा शनिबार भएको छ । सभाले सुवास ढुंगानाको अध्यक्षतामा पोस्सोन केन्द्रीय कार्यसमिति चुनेको छ । संस्थाको महासचिवमा मिलन आले, उपाध्यक्षहरुमा फरेन्द्र थापामगर, डिलकुमारी पौडेल र डा सञ्जय कोइराला, कोषाध्यक्ष क्या. सन्तबहादुर लामिछाने, सहसचिवमा कामिल खान र शिवराज रेग्मी छन् । १९ सदस्यीय कार्यसमिति सदस्यमा सुुधीररमण पराजुली, विष्णुु गुरुङ एकता, नमिता कुँवर, सुुमन थापामगर, लक्ष्मण ढुुंगाना, विष्णु पोखरेल, सवनम मल्ल, भानुुभक्त अधिकारी, रमेश सापकोटा, दुुर्गाबहादुर… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन ओखलढुंगामा ईन्द्र

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति ओखलढुंगाको अध्यक्षमा ईन्द्रप्रसाद लुईटेल चयन भएका छन् । शनिबारभ एको छैठौ जिल्ला सम्मेलनबाट उपाध्यक्षमा ध्रुवलाल सन्ज्याल, सचिव शिव ढुंगाना, कोषाध्यक्ष किली शेर्पा छन् । सर्वसम्मत चुनिएको कार्यसमिति २१ सदस्यीय छ । सम्मेलनले प्रदेश तथा केन्द्रीय सम्मेलन प्रतिनिधि तथा पर्यबेक्षकसमेत छनोट गरेको छ। कार्यक्रममा संस्थाका केन्द्रीय अर्थ उपमहासचिव कुलप्रसाद खतिवडा, माओवादी केन्द्र ओखलढुंगा इन्चार्ज चम्पा कार्की (आशा), माओवादी प्रदेश सदस्य रामकुमार कार्की, संगठनका… पुरा पढौ

शर्मालाई अलि मियाँ लोकवाङ्मय पुरस्कार

साहित्यकार तथा समीक्षक विष्णुप्रसाद शर्मालाई यस वर्षको अली मियाँ लोक वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ । शर्माका अलि मियाँका लोकगीतको अध्ययन २०६६, भाषा शिक्षणका केही सन्दर्भ २०६९, प्रायोगिक भाषा विज्ञानका प्रमुख आयाम २०६९, नेपाली भाषा शिक्षण २०७४, उत्तरवर्ती साहित्य सिद्धान्त ः प्रवृत्ति र प्रयोग २०७८, नेपाली भाषा शिक्षणका प्रायोगिक पक्ष २०७८, प्रतिबिम्ब कथा सङ्ग्रह २०७९ जस्ता पुस्तकाकार कृति प्रकाशित छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं