यो हिउँद सकियो, मलाई जाडोको प्रबाह छैन!
सडकमै हुर्कनेलाई स्वतन्त्रताको अभाव छैन!
वालुवा चालेर बिहान,बेलुकाको छाक टार्नु छ!
माटो मै समर्पित जवानिको कुनै हिसाब छैन!
भंगालो फाटेकोछ यो जिन्दगीको गराँ,गरामा!
सगरमाथामाको उचाईमा पनि कुनै दबाव छैन!
आँसुले त कहिल्यै सागर चुम्ने उद्देश्य राख्दैन!
सहरमा कर्फ्यु छ सम्झनु कि कुनै मजाक छैन!
घन्टौं लगाएर शालिक हरुमा माल्यार्पण गरेपछी!
सहिदको नामावली भित्र किन निलो आकाश छैन!




