फुर्सेखोलामा डुबेका किशोरको मृत्यु

शनिबार पोखरा १७ को पावरहाउसमा फुर्सेखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजेतिर पौडी खेल्ने क्रममा डुबेका रोनिष गुरुङलाई साँझ पौने ५ बजेतिर उद्धार गरी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । पोखरा १५ नयाँ गाउँका १५ वर्षीय रोनिषलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल लगेको थियो ।

फुर्सेखोलाका विभिन्न ठाउँमा डुबेर ज्यान जाने घटना बारम्बार हुँदा पनि त्यहाँ पौडी खेल्न निषेध गर्ने र त्यसको निगरानी गर्नेतिर कसैको ध्यान गएको छैन ।

फुर्सेखोलाका विभिन्न ठाउँमा डुबेर ज्यान जाने घटना बारम्बार हुँदा पनि त्यहाँ पौडी खेल्न निषेध गर्ने र त्यसको निगरानी गर्नेतिर कसैको ध्यान गएको छैन ।