समाचार

जन्मदिनमा स्कुललाई पुस्तक हस्तान्तरण

नेपालदूतकर्मी अनिषा बरालले आफ्नो जन्मदिनमा विद्यालयलाई पुस्तक हस्तान्तरण गरेकी छन् । मंगलबार पोखरा १७ महतगौडामा रहेको जानकी माविमै पुगेर उनले प्रधानाध्यापक अर्जुन कँडेललाई १० हजारका पुस्तक हस्तान्तरण गरेकी हुन् । सामान्य नेपाली अध्ययन गर्ने सरकारी विद्यालयका बालबालिकाको ज्ञानको क्षितीज फराकिलो बनाउन पुस्तक प्रदान गरेको बरालले बताइन् । प्रदान गरिएका पुस्तकमा बालसाहित्य र अरु साहित्यिक पुस्तक छन् । प्रधानाध्यापक कँडेलले स्कुलमा पुस्तकालय भए पनि पुस्तकहरु पर्याप्त नभएको बताए । उनले सामुदायिक… पुरा पढौ

समीरको कोरोनातन्त्र प्रकाशित

बिगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ | लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो | कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ | कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव,… पुरा पढौ

अनलाइन पत्रकार संघ गण्डकीमा नयाँ समिति

अनलाइन पत्रकार संघ गण्डकी अध्यक्षमा ढाकामोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिव प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) लाई चुनेको छ । संघका सदस्यमा नीरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रवीण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बस्नेत छन् । सभामा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई… पुरा पढौ

डिस्ट्रिक्ट ३२५ के गभर्नरमा थापा, द्वितीय भाइस गभर्नरमा हुमागाईं

पोखरा, ६ चैतलायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनले २०२३–२०२४ का लागि डिस्ट्रिक्ट गभर्नर चुनेको छ । गभर्नरमा सुचित्रा थापा, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा निरा बज्राचार्य र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा दुर्गाप्रसाद हुमागाईं छन् । हुमागाईं सफल मिडिया हाउसका अध्यक्षसमेत हुन् । तीनै जना उम्मेदवारले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के… पुरा पढौ

नेपाल शिक्षक संघ ओखलढुंगामा नयाँ समिति

नेपाल शिक्षक संघ ओखलढुङ्गाको हालै भएको नवौँ जिल्ला अधिवेशनले रमेशकुमार अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । अधिकारी राज्यलक्ष्मी मावि उँबुका प्रधानाध्यापक हुन् । उपाध्यक्षमा सुनकोशी मावि बलखुका प्रधानाध्यापक तारानाथ पहाडी निर्वाचित भएका छन् । बाला बानियाँ उपाध्यक्ष महिला, ध्रुवकुमार खड्का सचिव, विष्णुकुमार पराजुली सचिव अर्थ, नवराज दाहाल सहसचिव, निर्मला शर्मा, सहसचिव महिला, विष्णुकुमार रुपाचा सहसचिव समावेशी, रामबहादुर राई सहसचिव र दोलाकुमारी काफ्ले, सहसचिव अर्थ महिला निर्वाचित भएका छन्… पुरा पढौ

ल्याबका नयाँ जाँचबारे डाक्टरसँग छलफल

विज्ञान र प्रविधिको विकासले सबै क्षेत्रमा नयाँ नयाँ आविष्कार भइरहेका छन् । मेडिकल ल्याब क्षेत्र यसबाट अछुतो हुने कुरै भएन । स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा आएका नयाँ प्रविधि, जाँच, मेसिन आदिबारे शुक्रबार पोखरामा विज्ञहरुबीच छलफल भएको छ । कार्यक्रममा रस कम्पनीका प्रशिक्षक डा भूषण नागपुरेले हृदयघात र हार्ट फेलिएरका जाँचबारे प्रकाश पारे । उनले ट्रोपोनिन एचएस, एन्टीप्रो बिएनपी जस्ता जाँचले समयमै हृदयघात र हार्ट फेलिएरको जानकारी दिने भएकाले जीवन रक्षामा योगदान… पुरा पढौ

युआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल०ले कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय समागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पारे । उनले भने, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको… पुरा पढौ

विभुलाई पुरस्कार, ६ जनालाई सम्मान

थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विभु भुषाल पुरस्कृत हुने भएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शनिवार आफ्नो साधारणसभा तथा अन्र्तक्रिया कार्यक्रमका बीच पत्रकार भुषाललाई नगद २५ हजार १ सहित सम्मानपत्रले सम्मान गर्न लागेको हो । लामो समयदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल पत्रकार भुषाल हाल कटुवाल न्यूज अनलाइनमा आवद्ध छन् । उनी प्रेस सेन्टरका केन्द्रीय सदस्य साथै नीति तथा परामर्श समिति सदस्य पनि हुन् । यस अघि उक्त पुरस्कारबाट… पुरा पढौ

जनकविकेशरीको स्मृतिमा लोकगीत प्रतियोगिता

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारले माग लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले बताए । पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन राउन्डमा सहभागीले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउन्डमा भने जनकविकेशरीले सिर्जना गरेका गीत प्रस्तुत गर्नुपर्ने मापदण्ड छ ।… पुरा पढौ

चितुवाको आक्रमणले २ घाइते, पछि चितुवा मृत भेटियो

कालिज फार्ममा पसेको चितुवाको आक्रमणले पोखरा १८ मा २ जना घाइते भएका छन् । भकुण्डेमा ध्रुव थापाले चलाइरहेको कालिज फार्ममा बुधबार बिहान चितुवा पसेको हो । चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए । आक्रमणबाट रुपा गाउँपालिका ४ बस्ने वर्ष २८ का श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षे राजेश तिमिल्सिना घाइते भएका हुन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा मानिसमाथि आक्रमणमा उत्रिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं