पोखरा १२ बस्ने स्नेहा कोइरालाले आफ्नो जन्मदिन पोखरा १७ सीतापाइलाका ज्येष्ठ नागरिकहरुसँग मनाएकी छन् ।
नाक, कान तथा घॅाटी रोग विशेषज्ञ डा सञ्जय कोइरालाले आफ्नी जेठी छोरी स्नेहाको जन्मदिनको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा बृद्धाश्रमलाई १० हजार हस्तान्तरण गरेका हुुन् । जन्मदिनको अवसरमा केक काट्ने, पार्टी खाने, पिउने जस्ता विदेशी संस्कृतिले आफ्नो स्वास्थ्य संगसंगै समाजमा पनि नकारात्मक प्रभाव पारिरहेकाले यसलाई निरूत्साहित गर्नुपर्ने डा कोइराला बनाउँछन् ।
डा कोईरालाले संस्कृतिलाई जोगाउन सकेमात्रै आफ्नो पहिचान जोगिने उल्लेख गरे । जन्मदिनमा सहयोगपछि स्नेहा र डा सञ्जयले ज्येष्ठ नागरिकहरुसँग कुुराकानीसमेत गरेका थिए । स्नेहाले वृद्धाश्रमको सञ्चालन हुने तरिका र सँगै रहेको सदशिव हरिहर मन्दिरबारे पनि जानकारी लिइन् ।




