घरमा ट्रक ठोक्किदा ३ को मृत्यु, ५ घाइते

तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको हो ।

दुर्घटनामा ८ जना घाइते भएकोमा चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सनबहादुर भुजेल छन् ।

बाँकी अन्य ५ घाइतेको उपचार जारी छ । घाइते हुनेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल र सन्तोष भुजेल छन् । दुर्घटनापछि बन्द भएको राजमार्ग दिउँसोदेखि खुलेको छ ।