गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार संसदबाट विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको छ । राप्रपाका २ सांसद तटस्थ रहे ।

प्रदेश सभाका ६० सदस्यमध्ये कांग्रेसका २७, माओवादीका ७ र १ स्वतन्त्रले उनलाई मत दिएका हुन । । एमालेका २२ सांसदले प्रस्तावको विपक्षमा मतदान गरे ।

पाण्डे १४ वैशाख मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् ।

प्रदेशसभाको दोस्रो निर्वाचनपछि गण्डकीमा दोस्रो सरकार बनेको हो । पहिलो कार्यकालमा एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए ।