कर्णको नेतृत्वमा लोकतन्त्रिक तमु संघ

लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले कर्ण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्ष गुरुङ माछापुच्छे« गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ (कास्की), उपाध्यक्ष टेकबहादुर गुरुङ (कास्की), मुख्य सचिव अर्जुन गुरुङ (लमजुङ), सचिव विष्णुमाया गुरुङ (स्याङ्जा), सहसचिव पूजन गुरुङ ( तनहुँ) र कोषाध्यक्ष नेमबहादुर गुरुङ (स्याङ्जा) चुनिएका छन् ।

प्रदेश समिति सदस्यमा कास्कीका मिठु गुरुङ, सिमा गुरुङ, गंगादेवी गुरुङ, जगतबहादुर गुरुङ, दर्शन घले (पर्वत) उत्तमबहादुर गुरुङ (गोरखा), गोविन्दकुमारी गुरुङ (लमजुङ), देवेन्द्रजंग गुरुङ (तनहँु), मञ्जु गुरुङ ( मुस्ताङ ), मीनबहादुर गुरुङ (तनहँु) र दुर्गाबहादुर गुरुङ (लमजुङ) छन् ।

संघ नेकपा (एमाले)को जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको घटक संगठन हो ।