विमला भण्डारीलाई सुप्रेम शारदा पुरस्कार

सुप्रेम शारदा पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले सञ्चालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।

पुरस्कार राशि ५१ हजार नगद र सम्मानपत्र छ । नेपाल पत्रकार महासघं कास्की पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको युनियनका कार्यवहाक अध्यक्ष रविना आलेले जानकारी दिइन् ।

२ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारी यसअघि जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छन् । उद्योगपति सूर्यबहादुर केसीले विसं. २०७६ मा प्रेस युनियनले सञ्चालन गर्ने गरी आफ्नी बहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए ।

नेपाली प्रेस युनियन कास्कीको १० औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अतिथ्यतामा हुने समारोहमा पुरस्कार वितरण गरिनेछ ।

सोही कार्यक्रममा युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, रमेश पौडेललाई प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ र २०७८ नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने भएको छ ।