शिक्षक नायक तथा जुनियर/युवा गोष्ठी

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल राष्ट्रिय माध्यमिक विधालयको व्यवस्थापनमा २ दिने गोष्ठी भएको छ ।

जेठ २६ र २७ गते दुई दिने आवसीय २९ औं शिक्षक नायक तथा ४० औं जुनियर र युवा गोष्ठी कार्यक्रम भएको हो । गण्डकीका सभामुख कृष्ण धितालले उद्घाटन गरेको गोष्ठी समापन समारोहमा गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा उपस्थित थिइन् ।

मन्त्री सिम्खडाले रेडक्रसले विपदका समयमा र रक्तसञ्चारका लागि नेपालमा नमुुना काम गर्दै आएको बताइन् । उनले नेपालीको शिक्षा प्रणालीलाई सुधार्न सबै तहका सरकार, अभिभावक, शिक्षक, विद्यार्थी र नागरिकको सहकार्य जरुरी रहेकोमा जोड दिइन् ।

अध्यक्ष रामविक्रम राणाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्की जिल्ला भित्र रहेका विभिन्न विधालयबाट १ सय २० सर्कल सहभागी भएका थिए । सहभागी संख्या करिब ६ सय थियो ।