पतिको कुटपिटबाट वडा सदस्यको मृत्यु

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्को कुटाइबाट गम्भीर घाइते बनेकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

श्रीमान् शम्भुले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी ज्ञानीलाई कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
कुटपिट गर्ने शम्भुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।