समाचार

छात्रवृत्तिमा बाख्राको पाठी

प्रतीकात्मक तस्बिर तनहुकाे आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्र वृतिमा पाठी दिएकाे छ । तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी छात्रवृति प्रदान गरिएकाे हाे। विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए। विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए। कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक/एक वटा पाठी वितरण गरिएको… पुरा पढौ

पोखरा दर्पणले शितलादेवीमा बनायो स्कुल इमर्जेन्सी रुम

लायन्स क्लब अफ पोखरा दर्पणले सामुदायिक र सरकारी बिद्यालयमा प्राथमिक उपचार सेवालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पोखराका तीन स्कुलमा स्कुल इमर्जेन्सी रुम बनाउने भयको छ ।  जस अन्तर्गत पोखरा १२ को शितलादेवी माध्यमिक बिद्यालयमा पहिलो स्कूल ईमर्जेन्सी रुमको स्थापना गरिसकेको छ । बुधबार पोखरा १२ का अध्यक्ष सन्तोष बाँस्तोला र लायन्स डिष्ट्रिक्ट ३२५ एलका गभर्नर परमेश्वर बरालले यसको उद्घाटन गरेका छन् । आफ्नो वार्षिक कार्ययोजनामा रहेको ब्यवस्थित र गुणस्तरीय स्वास्थ्य… पुरा पढौ

बिहानी मन्टेसरीमा सरस्वती पूजासहित अक्षरारम्भ

पोखरा ५ पस्र्याङमा रहेको बिहानी मन्टेसरीस्स् प्रि–स्कुलले बुधबार सरस्वती पूजासहित अक्षरारम्भ कार्यक्रम गरेको छ । बालबालिकामा हुने बालमनोविज्ञान अनुसार व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बिहानीकी प्रिन्सिपल कल्पना रेग्मीले बताइन् । स्कुलले सो अवसरमा नर्सरी, एलकेजी र युकेजीमा विषेश छुटमा भर्ना खुलाएको छ । बुधबार बिहानदेखि बेलुका सम्म उपस्थित हुने बालबालिकालाई छुट हुने व्यवस्था गरिएको प्रिन्सिपल रेग्मीले बताइन् । यो मन्टेसरीले पोखरा उपत्यकाभित्र यातायात सुविधासमेत उपलब्ध गराउँछ । बालबालिकाको सर्वाङ्गीण विकास… पुरा पढौ

जनप्रिय क्यापसमा हल्ट प्राइज हुँदै

पोखरा ८ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइज आयोजना हुने भएको छ । यो कार्यक्रम क्याम्पसका निर्देशक सरोज तिमिल्सिनाको नेतृत्वमा यही फेब्रुअरी २५ मा हुनेछ । हल्ट प्राइज उद्यमीहरुका लागि परिचित प्लेटफर्म हो । विद्यार्थीमा रहेको उद्यमशीलता र व्यावपारिक प्रतिभा प्रष्फुटन गर्नु कार्यक्रमको लक्ष्य हो । यस कार्यक्रममा आउने प्रतिस्पर्धीले उद्यमी बन्ने विचारले प्रस्तुत गरी समाजमा परिवर्तन ल्याउने क्षमता राख्नु पर्दछ । प्रतियोगीहरुको गहन मूल्यांकनपछि उत्कृष्ट टोलीलाई आयोजकले विश्व… पुरा पढौ

रेन्बोमा आइडलको खोजी

पोखरा–१५ मा रहेको रेन्बो एकेडेमिक होम्स माविले सोमबार सांगीतिक कार्यक्रम आयोजना गरी तह अनुसार रेन्बो आइडल घोषणा गरेको छ । नृत्य र गायनतर्फ तीन तहमा आइडल खोजी गरिएको हो । प्रतियोगिताको कक्षा १ देखि ३ सम्म नृत्यमा आरोसी गुरुङ आइडल घोषित हुँदा मोनिका राना दोस्रो, सम्पदा नेपाली तेस्रो र सिद्धान्त श्रेष्ठ चौथो बने । गायनमा सरुन गुरुङ आइडल, दोस्रो अन्सा गुरुङ र तेस्रो सोनिका पौडेल भएका छन् । कक्षा ४… पुरा पढौ

२ पत्रकार प्रहरी नियन्त्रणमा

कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।  विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उहाँले बताउनुभयो । धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई… पुरा पढौ

कविताः बाटुलीको चिह्नारी

'तिमी जून जस्तै छौ'उसको सौन्दर्यको बयानलेमख्ख पर्छे बाटुलीअनि ऐनामा हेर्छे आफ्नो अनुहारफेरि एकपटकफेरि एकपटक रमाउँछे। हो त,जुनको अनुहारमा देखिने दागहरूको अस्तित्वबाटुलीको अनुहारमा कतै देखिँदैननिर्दोष छ उसको शरीरअनि यही शरीरको रूपसँगै झुन्डिएको छउसको अस्मिताइज्जतसामाजिक मर्यादाअदृश्य पर्खालभित्र। हिजोआज मात्र होइन,आदौदेखि नै उसको पहिचान गराउँछउसको शरीरको अप्रत्याशित अङ्गलेउसको सुन्दरता कहाँ छ?रूप अथवा गुणमाअन्योलमा छे बाटुलीअन्योलमै थिइन उसकी आमाहजुरआमा र हजुरआमाकी हजुरआमा। उसको नारीत्वको परिचयउसको शरीरउसको भेषभूषाउसको हिँडाइउसको हँसाइउसको नम्रताकोमलतासहनशीलताको पल्लामा छ उसलाई सम्हाल्न… पुरा पढौ

कास्की बारमा भगवतीको नेतृत्व

कास्की जिल्ला बार एसोसियसनको अध्यक्षमा अधिवक्ता भगवती पहारी विजयी भएकी छन् । शुक्रवार भएको निर्वाचनबाट पहारी अध्यक्ष चुनिएकी हुन् । उपाध्यक्षमा गीता आचार्य र सहसचिव प्रिती पाण्डे निर्विरोध भएका छन् । बारको नवनिर्वाचित कार्यसमिति सचिवमा कृष्णकुमार श्रेष्ठ, कोषाध्यक्ष विनाका शर्मा र सदस्यमा शंकर सैंजु, ईश्वर परियार, अनुप पौडेल, गणेशबहादुर आले, प्रदीपकुमार राना, पुरुषोत्तमराज घिमिरे, हेमराज अधिकारी र शान्तिकुमारी ढुंगाना निर्वाचित भएका हुन् । नयाँ बार कार्यसमिति चुन्न बिहान ११ बजेदेखि… पुरा पढौ

गोर्खा वरियर्सः गोर्खालीको जंगल वारको कथा

पोखरा आएर गोर्खा वारियर्स टिमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैंमा लाहुरेहरुको सहर भएको उल्लेख गरे । ‘पोखरामा आफैंमा लाहुरेहरुको सहर हो । यहाँ… पुरा पढौ

कावासोतीमा चरा उत्सव सुरु

पूर्वी नवलपरासीको कावासोती १३ नवलपुरमा शुक्रबारबाट दोस्रो नेपाल चरा उत्सव सुरु भएको छ । पोखरा पक्षी समाजले आयोजना गरेको उत्सवको सहआयोजकमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी छन् कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले कार्यक्रमका अध्यक्ष पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई पेनड्राइभ प्रदान गरी कार्यक्रम सुरुआत गरिन् । यो उत्सवमा प्लास्टिकको प्रयोग भएको छैन भने स्टलहरु पनि प्राकृतिमैत्री खालका छन् । उपमेयर थनेतले चरा संरक्षणका लागि वृक्षारोपणसँगसँगै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं