समाचार

ग्लोबल कलिजियटको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई १ लाख

पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भएको छ । सो अवसरमा मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ सहयोग र शिक्षासेवी पवित्रमणि पौड्याललाई सम्मान गरिएको छ । यस्तै, शिक्षकहरु अशोक ओझा, नेपालप्रसाद अधिकारी, नारायणप्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरु मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई सम्मान गरियो । कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन… पुरा पढौ

४७ औं स्मृति दिवस तथा २ कृतिहरु लोकार्पण

पोखरा–२०, श्री १०८ स्वामी देवानन्द वेदान्त केशरी महाराजजीको ४७ औं स्मरण दिवसको अवसरमा श्री साईदेव साधना कुटीरद्वारा प्रकाशित २ वटा कृतिहरु एक भव्य समारोह बीच यही माघ ११ गते गुरुवारका दिन पोखरा २० भलाममा अवस्थित श्री साई देव साधना कुटीरको प्राङ्गणमा लोकार्पण भएका छन । उक्त कृतिहरु बिद्वान द्वय क्रमशः नेपाल ऋषि डा।जगमान गुरुङज्यू तथा सह–प्राध्यापक डा।भोला नारायाण रेग्मीको करकमलबाट लोकार्पण भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल ऋषि डा।जगमान… पुरा पढौ

पोखरा म्याराथनका सबै इभेन्टमा चिप्स

आगामी फागुन ५ गते शनिबार हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सबैजसो इभेन्टमा चिप्सको प्रयोग गरिने भएको छ । नेपालकै सर्वाधिक पुरस्कार भएको म्याराथनको यो सस्करणमा ४१ इभेन्टका विजेतालाई १८ लाख १६ हजार नगद पुरस्कार प्रदान गरिनेछ । मनोरञ्जनका लागि सबै दौडिन मिल्ने ‘रन फर फन’ र अपाङ्ग दौडबाहेक सबै इभेन्टमा चिप्सको प्रयोग हुने, रन फर फनमा १० हजार हाराहारीमा सहभागी हुने नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ… पुरा पढौ

पोखरा मोबाइल व्यवसायीको शिविर र रक्तदान

पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो । सोही अवसरमा भएको रक्तदानमा ४१ प्रिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । गण्डकी… पुरा पढौ

लेकसाइड, खहरेमा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रविण भट्टराईको मृत्यु भएको हो । खहरेचोकमा रहेको चिनिमाया भण्डारीको निर्माणाधीन घरमा तातोपानीको सर्बे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट अचानक खस्दा पोखरा–८, रत्नचोक बस्ने भट्टराई गम्भीर घाइते बनेका थिए । मुक्ति इनर्जी प्रालिका इन्जिनियरसमेत भट्टराईलई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा उपचारका क्रममा दिउँसो साढे २ बजे निधन भएको कास्कीका… पुरा पढौ

सरुभक्तलाई र आरब्धलाई मुक्तक पुरस्कार

यस वर्षको ‘भीमदर्शन मुक्तक पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि नगद ५१ हजार र सम्मानपत्र छ । पाँच दशकदेखि साधनारत साहित्यकार सुरुभक्तका पाँच मुक्तक कृति प्रकाशित छन् । सरुभक्त नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानक पूर्वकुलपति हुन् । यही माघ १८ गते मुक्तक दिवसको अवसरमा पोखरामा हुने कार्यक्रममा सरुभक्तलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले बताए ।… पुरा पढौ

पोखरा २२ मा वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीको भेला

पोखरा २२ मा योङ्ग कम्युनिस्ट लिग एबम अनेरास्ववियु क्रान्तिकारीको भेला भएको छ । भेलाबाट सुदीप बरालको अध्यक्षतामा अनेरास्ववियु क्रान्तिकारी २२ र सनतकुमार बरालको नेतृत्वमा वाइसियल पोखरा २२ कमिटी गठन भएका छन् । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजीप्रसाद बराल (जीवन)ले हरेक परिवर्तनमा युवाको भूमिका अहम् रहेको चर्चा गर्दै युवाहरु संगठित, समतामूलक समाज निर्माणका लागि प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । वाइसियल पोखरा २२ अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सुदीप बराल… पुरा पढौ

नदेखिएका घाउ’ लिएर आइन् दुर्गा

साहित्यकार दुर्गा न्यौपानेको आत्मकथा ‘नदेखिएका घाउ’ शनिबार सार्वजनिक भएको छ । कस्केली अधिकृत समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरे । दुर्गा कस्केली अधिकृत समाजकी आजीवन सदस्यसमेत हुन् । कार्यक्रममा साहित्यकार सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभई समाजमा पनि उत्तिकै हुने जनाए । ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्यसमेत हुन्छ,’ उनले भने । साहित्यकार न्यौपानेले जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने… पुरा पढौ

रेन्बोको प्रिप्राइमरी प्यारेन्ट्स मिट

रेन्बो एकेडेमिक होम्सले शनिबार प्रिप्राइमरी तहमा अभिभावक भेला आयोजना गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले वडा कार्यालयले वडाको शैक्षिक स्तर र विद्यार्थीका विभिन्न क्षमतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले शिक्षाको स्तर सुधार नभई देशको विकास सम्भव नहुने जनाए । महानगरका शिक्षा अधिकृत कृष्ण भण्डारी बालबालिकाको विकासमा विद्यालय, घर र समाजको भूमिका रहने धारणा राखे । ओआई इन्टरनेसनलका निर्देशक अञ्जना… पुरा पढौ

दलित किशोरसँग प्रेम गरेको भन्दै छोरीको हत्या

बारामा दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं