
कास्की जिल्ला बार एसोसियसनको अध्यक्षमा अधिवक्ता भगवती पहारी विजयी भएकी छन् । शुक्रवार भएको निर्वाचनबाट पहारी अध्यक्ष चुनिएकी हुन् ।
उपाध्यक्षमा गीता आचार्य र सहसचिव प्रिती पाण्डे निर्विरोध भएका छन् । बारको नवनिर्वाचित कार्यसमिति सचिवमा कृष्णकुमार श्रेष्ठ, कोषाध्यक्ष विनाका शर्मा र सदस्यमा शंकर सैंजु, ईश्वर परियार, अनुप पौडेल, गणेशबहादुर आले, प्रदीपकुमार राना, पुरुषोत्तमराज घिमिरे, हेमराज अधिकारी र शान्तिकुमारी ढुंगाना निर्वाचित भएका हुन् ।
नयाँ बार कार्यसमिति चुन्न बिहान ११ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो ।