समाचार

एनसिडिए कास्की महासचिवमा मणिले उम्मेदवारी दिने

नेपाल औषधी व्यवसायी संघ(एनसिडिए) कास्कीको महासचिवमा हीरामणि(मणि) न्यौपानेले उम्मेदवारी दिने भएका छन् । कास्कीका औषधी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा जाने तयारीमा हुँदा मणिले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनााएका हुन् । पोखरा १३, मियाँपाटनमा रहेको नमस्ते फार्मेसियाका सञ्चालक मणि पोखरा उद्योग वाणिज्य संघको स्वास्थ्य उपसमिति सदस्य, एनसिडिए अतिरित्त क्रियाकलाप उपसमिति सदस्य, डिप्सानोका पूर्व केन्द्रीय महासचिव हुन् । उनी युआरएल हस्पिटलचोकका सञ्चालकसमेत हुन् । शुक्रबार र शनिबार पोखरामा हुने अधिवेशनका… पुरा पढौ

पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु

पोखरा महानगरपालिका वडा नं. २९ मा करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार दम्पतीको मृत्यु भएको छ । पट्नेरीको खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । करेन्ट लगाएर माछा… पुरा पढौ

साढे ४ दशकका मुक्तक एउटै पुस्तकमा

सरुभक्तका तीन मुक्तक कृति प्रकाशित छन्, दुई अप्रकाशित । प्रकाशन भएर पनि बजारमा अप्राप्य भइसकेका पुराना कृति र अप्रकाशित कृतिका सबै मुक्तक एउटै पुस्तकमा बजारमा आएका छन् । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले उहाँका मुक्तकहरुको सञ्चयन ‘सरुभक्तका मुक्तक’ प्रकाशन गरेको हो । आइतबार पोखरामा प्रतिष्ठान र मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको समारोहमा अग्रज कलाकार वात्स्यायन, मुक्तककार सरुभक्त, नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले कृति सार्वजनिक गर्नुभएको हो । मुक्तक… पुरा पढौ

जाजरकोटमा चिसोले थप ३ जनाको मृत्यु

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी… पुरा पढौ

प्राडा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई राष्ट्रिय स्वास्थ्य पुरस्कार

नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्धारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो… पुरा पढौ

भाइटीका कुन दिशा फर्केर लगाउने ?

भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार यो वर्षको भाइटीकामा टीका लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनु पर्दछ ।  चन्द्रमा बृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पानु पर्ने उहाँका बताउनुहुन्छ । आज भाइटीकाको उत्तम साइत बिहान १०ः५१ मिनेटमा रहेको छ । दिनभर लगाउन मिल्छ पुरा पढौ

टिकटक आजैदेखि बन्द हुन्छ: गृहमन्त्री

टिकटक आजैदेखि बन्द हुने भएको छ। प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। पुरा पढौ

गीता मन्दिर र होटल ल्यान्डमार्कमा सामूहिक भाइटीका लगाइने

फाइल फोटो: होटल संघले आयोजना गरेको कार्यक्रममा भाइटीकापछि खिचिएको सामूहिक तस्बिर । पोखरा महानगरको आयोजनामा सामूहिक भाइटीका कार्यक्रम हुन लागेको हो । पोखरा–११, रामघाटमा रहेको गीता मन्दिरमा कात्तिक २९ गते बुधबार भाइटीकाकै दिन कार्यक्रम हुनेछ । बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म आफ्ना दिदीबहिनीसँग टीका लगाउन नपाएका दाजुभाइहरुले यहाँ टीका लगाउन सक्नेछन् । पोखरा महानगरले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गेको हो । आवश्यक प्रबन्धका लागि कृष्ण केसीको संयोजकत्वमा उपसमिति… पुरा पढौ

पोखरा महानगरकै रेटमा विरौटामा फूल र माला बिक्री हुँदै

पोखरा १७ को किसान बजारमा शनिबारदेखि फूल र माला बिक्री भइरहेको छ । वडा स्तरीय कृषि सञ्जालले गरेका फूल खेतीबाट उत्पादित फूल र माला त्यहाँ महानगरले तोकेकै मूल्यमा बिक्री भइरहेका छन् । महानगरपालिकाले सयपत्री फूल र मालाको दररेटसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा मूल्य निर्धारण भएको हो । सयपत्री १५ देखि २० ग्रामको एक थुङ्गालाई पाँच रुपैयाँ, १० देखि १५ ग्रामका… पुरा पढौ

तारा एफसीलाई फुटबल उपाधि

पोखरा–२०, भलाममा रहेको श्रृङ्खला क्लबले आयोजना गरेको खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि तारा एफसी पोखरा ११ ले जितेको छ । ताराले १ लाख ३१ हजार १ एक सय २१ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो बनेको लामा गाउँ गुम्बा बिले ६५ हजार १ सय ६१ का साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । शनिबार भएको फाइनलमा निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरबाट खेलको छिनोफानो भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं