लेकसाइड, खहरेमा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रविण भट्टराईको मृत्यु भएको हो । खहरेचोकमा रहेको चिनिमाया भण्डारीको निर्माणाधीन घरमा तातोपानीको सर्बे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट अचानक खस्दा पोखरा–८, रत्नचोक बस्ने भट्टराई गम्भीर घाइते बनेका थिए ।

मुक्ति इनर्जी प्रालिका इन्जिनियरसमेत भट्टराईलई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा उपचारका क्रममा दिउँसो साढे २ बजे निधन भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।